लघु उद्यमी सृजना गर्न माझकोटमा उद्यमशीलता विकास तालिम सुरु

सीता बि.क
प्युठान,गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्युठान नगरपालिका वडा नम्बर ६ माझकोटमा उद्यमशीलता विकास तालिम सुरु भएको छ । 
बेरोजगार अवस्थामा रहेका मानिसहरूलाई गाउँ गाउँमा नै रोजगार तथा स्वरोजगार बनाउने उद्देश्यले उक्त तालिम सन्चालन गरिएको हो। 
नगरपालिकाको आर्थिक विकास शाखामार्फत सञ्चालित रोजगार स्वरोजगार बन्ने माध्यमका रूपमा यस खालका तालिम सञ्चालन गरिएको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले जानकारी दिनुभयो। उहाँका अनुसार व्यवसाय गर्न कठिनाई भएकालाई व्यवसाय कसरी गर्ने,उत्पादन बढाउने,उत्पादित वस्तुको बजारीकरण कसरी गर्ने र वस्तुको मूल्य निर्धारणबारे जानकारी दिने तालिमको उद्देश्य रहेको छ।
उद्यमशिलता तालिम पश्चात् स्थानिय कच्चा पदार्थमा आधारित सीप सिक्दा उद्यमीले सीप विकास तालिम मार्फत व्यवसाय गर्न सक्नेछन्’ सहजकर्ता बिश्वकर्माले भन्नुभयो।उद्यमशीलता विकास तालिम अन्तर्गत व्यवसाय गर्ने तरिका,व्यवसाय सुरुवात गर्ने तरिका,व्यवसायबाट नाफा आर्जन गर्ने तरिका,व्यावसायिक योजना बनाउने तरिका लगायतका बिषयबस्तु सिकाइनेछ। आफैमा आत्मनिर्भरता कसरी बन्न सकिन्छ भने कुरामा थप टेवा पुग्ने पुग्नेछ। भौतिक विकाससँगै मानिसको व्यवहार परिवर्तन र कार्यशैलीको सुधार ल्याउन व्यवसायीहरूलाई बर्षनि नगरपालिकाले यस्ता कार्यक्रम गरिरहेको छ। 
प्युठान नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष नरेन्द्र पुन मगरले व्यवसाय सचालनका लागि उद्यमशिलता तालिमले उद्यमि सृजनाका लागि महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो।लघु घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेको आवश्यकता रहेकाले सीप सिकेर व्यवसाय गर्न दिगो आर्थिक विकास हुने भएकाले स्वरोजगार बन्ने गरी सीप सिक्न सहभागिलाई अध्यक्ष पुनले आग्रह गर्नुभयो।लघु घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेकाे आवश्यकता रहेकाले सीप सिकेर व्यवसाय गर्न दिगाे आर्थिक विकास हुने उहाँको भनाई छ।
त्यस्तै वडा सदस्य इमानसिह पुन मगरले लघु,घरेलु तथा साना उद्योगहरू सचालन गर्न सीप सिके पश्चात कम लगानिमा घरघरमै उद्योग सचालन गर्न सकिने धारणा व्यक्त गर्नुभएको थियो।