स्वर्गद्वारी बहुमुखी क्याम्पसको १२ औं क्याम्पस सभा सम्पन्न,‘शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्त्वपूर्ण : जानकारहरु

स्वर्गद्वारी बहुमुखी क्याम्पसको १२ औं क्याम्पस सभा सम्पन्न,‘शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्त्वपूर्ण : जानकारहरु

सीता बि.क
प्युठान,प्युठान जिल्लाको स्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोलाको १२ औं क्याम्पस सभा शनिबार सम्पन्न भएको छ । क्याम्पसमा आयोजना गरिएको क्याम्पस सभाको उद्घाटन लुम्बिनी प्रदेशका पुर्व मन्त्री तथा प्रदेश शभा सदस्य तुल्सिराम शर्माले गर्नुभएको थियो।
सभा लाई सम्बोधन गर्दै पुर्ब मन्त्री शर्माले ले क्याम्पस सचालनमा भौतिक पुर्बाधार र श्रोत ब्यबस्थापन जस्ता चुनौति देखिएकाले चुनौतिहरुको समाधान गर्न असम्भब नभएको उहाँले बताउनु भयो।
शिक्षण संस्थाको भौतिक पुर्बाधार निर्माण र शैक्षिक गुणस्तरमा जोड दिए मात्र क्याम्पसको समुचित विकास र शैक्षिक गुणस्तरमा प्रगती हुने उहाँको भनाई छ। 
लुम्बिनी प्रदेश सरकारले उच्च शिक्षामा गुणस्तर बृद्धी गर्न सामुदायिक क्याम्पसहरुको भौतिक पुर्बाधार बिकाश र अनुसन्धानमा आधारित शिक्षण सिकाइका लागी सहयोग पुर्‍याउन प्रदेश सरकारले छिट्टै निति तथा कार्यक्रम तयार गर्न लागेको समेत जानकारी दिनुभयो।
यस्तै कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठले स्वर्गद्धारी बहुमुखी क्याम्पस जिल्लाका अन्य क्याम्पसहरुको समेत अभिभावक भएको बताउनुभयो।
क्याम्पस सञ्चालक समितीका अध्यक्ष तथा लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री कृष्णध्वज खड्काले क्याम्पसलाई व्यवस्थित बनाउन समिति लागि परेको बताउदै सम्बृद्ध समाज निर्माणको लागि शैक्षिक गुणस्तरमा जोड दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रदेशसभा सदस्य धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय समितिका सभापति धरम जिसि,प्युठान नगरपालिकाका नगरप्रमुख बिष्णु बहादुर योगि,नगर प्रवक्ता सुमन श्रेष्ठ,मल्लरानी गाउपालिकाका अध्यक्ष कृष्ण खड्का लगायतको आतिथ्यता रहेको थियो।