प्युठान,नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ जिल्ला शाखा प्युठानका छैटौँ अधिवेशन सम्पन्न भएको छ।१३ औँ साधारणसभा तथा छैटौँ अधिवेशन शनिबार बाग्दुलामा सम्पन्न भएको हो । अधिवेशनले रमेश गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसमा प्रथम उपाध्यक्ष बलदेव आचार्य, द्धितिय उपाध्यक्ष टिकाराम पुन,सचिवश्रीधर रिजाल कोषाध्यक्ष जगत जिसी,सदस्य अर्जुन बहादुर केसी,सदस्यहरुमा प्रकाश जिसी, चन्द्रकला श्रेष्ठ, खेमराज सुवेदी,कृष्ण रोकाय, टिकाराम शर्मा रहनु भएको छ।त्यस्तै प्रदेश प्रतिनिधिमा रूक बहादुर खत्री, केन्द्रीय प्रतिनिधिमा ईश्वर विस्ट र विनोद भण्डारी चयन हुनुभएको छ ।
जिल्ला अधिवेशनमा प्रदेश सदस्य मुक्ति प्रसाद पन्थी,प्युठान नगरपालिकाका संस्थापक मेयर अर्जुन कुमार कक्षपती, जिल्ला शिक्षा समवन्य ईकाईका प्रमुख शिब पण्डित,नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघका पुर्व केन्द्रीय सदस्य बालाराम पोख्रेल लगाएतका अतिथिहरूले अधिवेशनको सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो।
जिल्ला सचिव श्रीधर रिजालले प्रगति प्रतिवेदन,कोषाध्यक्ष जगत जिसीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो।जिल्ला अध्यक्ष शुभास चन्द्र भण्डारीको अध्यक्षता रहेको कार्यक्रमा प्रथम उपाध्यक्ष रमेश गिरीले स्वागत मन्तब्य राख्नुभएको गर्नु भएको थियो ।कार्यक्रमको संचालन जिल्ला सचिव श्रीधर रिजालले गर्नु भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्