पत्रकार महासंघ प्यूठानको अध्यक्षमा श्रीराम भण्डारी  

प्यूठान,नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सम्पन्न जिल्ला अधिवेशनबाट श्रीराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
उपाध्यक्ष एलबी थापा, नर्मदा भट्ट, सचिव बासुदेव गिरी,सह–सचिव शसिधर भण्डारी,बोम बहादुर परियार, कोषाध्यक्ष तुफान अधिकारी निर्वाचित हुनुभएको हो।त्यसैगरी सदस्यमा जुमान सिंह के.सी,टिकाराम पोख्रेल, प्रकाश वैद्य,विमल पोख्रेल, सागर शर्मा,मधुसुदन पोख्रेल, तेजेन्द्र विएम,रविन विश्वकर्मा र सिता विश्वकर्मा निर्वाचित हुनुभएको छ ।
अन्य पद सर्वसम्मत भएपनि कोषाध्यक्ष पदमा भने चुनाव भएको थियो।७७ सदस्यमध्ये ६४ मत खसेकोमा तुफान अधिकारीले ३८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।प्रतिस्पर्धी राजेश जिसीले २६ मत पाउनुभएको थियो।अधिवेशनले केन्द्रिय परिषद सदस्य र प्रदेश परिषद सदस्य समेत सर्वसम्मत चयन गरेको छ ।
केन्द्रीय परिषद सदस्यमा गिरु प्रसाद भण्डारी, भुवन सिंह र राधिका भुसाल रहनुभएको छ । प्रदेश परिषद सदस्यमा सुजल श्रेष्ठ,जोगिन्द्र मल्ल,हरि भण्डारी,राम बहादुर विश्वकर्मा र केशव श्रेष्ठ चयन हुनुभएको छ ।