प्युठान,सरुमारानी गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)को वडा स्तरिय अभिमुखिकरण सम्पन्न भएको छ।गाउँपालिकाको वडा न. ३ हंसपुरमा मेड्पा कार्यक्रमको अभिमुखिकरण सम्पन्न भएको हो।गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम सन्चालनका लागि छनोट भएको वडाका जनप्रतिनिधि,नागरिक समाज लगाएत कार्यक्रम सङ्ग प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सरोकार राख्ने सबैलाई कार्यक्रमको बारेमा बिस्तृत जानकारी गराउन कार्यक्रम गरिएको गाउँपालिकाकी उद्यम बिकास सहजकर्ता सीता बि.क ले जानकारी दिनुभयो।
उद्यम बिकास सहजकर्ता बि क का अनुसार अभिमुखिकरण कार्यक्रम पश्चात् कार्यक्रम कार्यन्वयनमा सहजता आउनका साथै सरोकारवालाहरुलाई कार्यक्रमको बारेमा अवगत हुने छ।कार्यक्रममा मेड मोडल कार्यान्वयन प्रकृया,कार्यक्रमको हाल सम्मको उपलब्धि,लक्षित वर्ग,मागमा आधारित रणनीति,कार्यक्रमको उद्देश्य आदि विषयमा उद्यम बिकास सहजकर्ता बि.क ले प्रस्तुतीकरण गर्नुभएको थियो।
गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) बारे प्रस्तुतीकरण गर्नुहुदै उद्यम बिकास सहजकर्ता सीता बि.क
गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) कार्यक्रम अन्तर्गत लक्षित समूहको चाहना तथा माग, बजार सम्भावना तथा स्थानीय श्रोतको उपलब्धताको आधारमा उद्यमशिलताको विकास गरिने उद्यम विकास सहजकर्ता बि क ले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै कार्यपालिका सदस्य आशा बि क ले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा)बाट गाउँपालिकामा नयाँ उद्यमी सृजनाका कार्यक्रम निकै प्रभावकारि हुने बताउनुभयो।
लघु घरेलु तथा साना उद्योग विकाससँगै दिगाे आर्थिक विकास हुने र उद्यमीको आम्दानीमा परिवर्तन हुने धारणा व्यक्त गर्दै आफुले सिकेकाे सिपलाई व्वहारमा लागू गर्दा कम लगानिमा घरेलु उद्योग संचालन गर्न सकिने र त्यसरी उद्योग गर्न चाहनेका लागि गाउँपालिकाले सहयाेग गर्ने बताउनुभयो ।
तस्तै सरुमारानी गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भिम बहादुर मसाङ्गिले यो कार्यक्रमले आफ्नो वडामा उद्यमी सृजना गरेर सीप मुलक तालिम दिएर आत्मा निर्भर बनाउन सक्ने विश्वास लिएको बताउनु भयो।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि,वडाका वडा सदस्यहरु तथा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्