बाग्दुलामा ‘नेपाली जुत्ता घर प्युठान’ को शुभारम्भ, प्रतिष्ठित कम्पनीहरुका उत्पादन एकैठाउँमा

बाग्दुलामा ‘नेपाली जुत्ता घर प्युठान’ को शुभारम्भ, प्रतिष्ठित कम्पनीहरुका उत्पादन एकैठाउँमा

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ८ बाग्दुलामा एक करोडको लगानीमा जुत्ता चप्पलको होलसेल पसल सञ्चालनमा आएको छ।प्युठान लगायत छिमेकी जिल्लाको बजारमा नेपाली उत्पादनका जुत्ता चप्पललाई बजारीकरण गर्ने उद्देश्यले जिल्लाको ब्यापारिक केन्द्र बाग्दुलामा होलसेल पसल सञ्चालनमा ल्याइएको सञ्चालक बिष्णु प्रताप कुवरले बताएका छन् ।
कात्तिक १२ गते शुभ दिपावलीको पुर्व सन्ध्यामा सोमबार नेपाली जुत्ता घर प्युठान सञ्चालनमा आएको हो। नेपालका उत्पादनबारे जानकारी गराउनुका साथै उपभोक्तालाई नक्कली उत्पादनदेखि ठगिनबाट जोगाउनका लागि पनि जुत्ता घरको अवधारणा ल्याइएको सन्चालक कुवरले बताए।
नेपाली जुत्ता घर प्युठानले नेपाली उत्पादनका जुत्ता र चप्पल जिल्लाको बजारमा पुर्याउने लक्षका साथ सञ्चालनमा ल्याइएको बताउँदै सञ्चालक कुवरले भने,‘नेपालमा उत्पादित ७ ब्राण्डका जुत्ता चप्पलको पसल सञ्चालनमा ल्याएका छौँ, यहाँ बाट ग्राहकले खोजे र रोजे जस्तै फुटकर तथा होलसेल पसल सञ्चालनमा ल्याएको छौँ ।’

सन्चालक बिष्णु प्रताव कुवर 


त्यस्तै  ग्राहकको रोजाई र आर्थिक क्षमता अनुसारका ब्राण्डेड सामान बजारीकरण गर्न थालेको ब्यास्थापक नेगन सिह कुवरले बताए।उनले भने,‘यहाँको भूगोल सुहाउँदो र ग्राहकको रोजाईलाई मध्यनजर गर्दै सोही अनुसारका जुत्ता चप्पल होलसेल तथा फुटकरमा खपत गराउने लक्ष्यका साथ हामीले ठूलो लगानीमा पसल सञ्चालनमा ल्याएका हौँ।’नेपालमै उत्पादित जुत्ता चप्पललाई आफूले पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले भने,‘हामीले हाम्रो पसलमा स्वदेशी बस्तुलाई प्रोत्साहन गर्नुका साथै विदेशी जुत्ता चप्पललाई विस्तारै निरुत्साहित गर्दै स्वदेशको अर्थतन्त्रमा टेवा पुगोस् भन्ने लक्ष्यका साथ पसल सञ्चालनमा ल्याएका हौँ।’‘हामीले हाम्रा ग्राहक तथा उपभोक्तालाई सन्तुष्टि दिनु पनि हाम्रो धर्म हो,’उनले भने,‘त्यही अनुसार हामीले सिजन सिजनमा विभिन्न अफर पनि दिने सोच बनाएका छौँ।’जुत्ता घरमा स्कूल सुज,क्याजुअल सुज,स्पोर्टस सुज,पार्टी वेयर उपलब्ध हुनुका साथै उद्योगहरुको आफ्नै आउटलेट १० हजार बढी मोडलका उत्पादनहरु उपलब्ध हुने जुत्ता घरका ब्यबस्थापक कुवरले जानकारी दिए।सोही अवसरमा २ सय बढी नयाँ मोडलका जुत्ता चप्पलहरुको समेत उद्घाटनको अवसरमा लञ्चिङ गरिनुका साथै शुभ दिपावली र शुभारम्भको अवधीभर डिलर मूल्यमै उपभोक्तालाई जुत्ता चप्पल उपलब्ध गराइने उनले बताए।
नेपाली जुत्ता घर प्युठानको एक कार्यक्रमका बीच जिल्लाका प्रतिनिधि शभा सदस्य सुर्य थापाले उद्घाटन गरे।उद्घाटनका क्रममा बोल्दै थापाले पछिल्लो समयमा व्यापार व्यवसायमा युवाहरु जोडिदै जानु जिल्लाका लागि राम्रो भएको बताए।

तस्बिर : प्रमुख अतिथिको आसन बाट शुभकामना मन्तव्य राख्दै प्रतिनिधि शभा सदस्य सुर्य थापा

उनले भने,‘कुवरले ठूलो लगानीमा सञ्चालनमा ल्याएको पसलले यहाँका अन्य युवा व्यवसायीलाई पनि ठूलो लगानीमा व्यवसाय गर्न प्रोत्साहन गर्नेछ।’उनका अनुसार अनाधिकिरित तरिकाले जिल्लामा भित्रीने जुत्ता चप्पललाई रोकावट र नियन्त्रणका लागि प्राशासनिक निकाय र सुरक्षा निकायले ध्यान दिदै करको दायरामा ल्याउन उत्तिकै आबश्यक छ।