जग्गा उपहार प्रकरणमा बिरोध गर्ने तीन एमाले नेतालाई स्पष्टीकरण

जग्गा उपहार प्रकरणमा बिरोध गर्ने तीन एमाले नेतालाई स्पष्टीकरण

काठमाडौं,मीनबहादुर गुरुङबाट एमालेले स्वीकार गरको जग्गा उपहार प्रकरणमा सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले आफ्ना तीन नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष भीम राव सहित तीन नेताहरुलाई कारवाही स्वरुप स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । स्पष्टीकरणमा पर्नेहरुमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिना समेत रहेका छन् ।
केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको र लगातार पार्टी निर्णय विरुद्ध अभिब्यक्ति दिएको अभियोगमा नेता रावललाई स्पष्टीकरण सोध्ने निर्णय भएको बैठकमा सहभागी एक नेताले बताए ।
गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो ।
उक्त निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । रावलले पनि एक टेलिभिजन अन्तर्वार्तामा सो प्रकरण गलत भएको बताएका थिए । पूर्व उपाध्यक्ष समेत रहेका रावललाई जग्गा दान प्रकरण सहित पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको बताईएको छ ।