जिल्ला प्रहरी कार्यालय प्युठानको कार्यसम्पादन उत्साहजनक : औसतमा ८० प्रतिशत प्रगति

जिल्ला प्रहरी कार्यालय प्युठानको कार्यसम्पादन उत्साहजनक : औसतमा ८० प्रतिशत प्रगति

 राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाल प्रहरीको रेर्कड अलग पहिचान दिदै जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी इश्वर थापाले जिल्लाको शान्ती सुरक्षामा नयाँ रेर्कड कायम राख्न सफल देखिएका छन् ।
नेपाल प्रहरीको अपराध नियन्त्रण र अपराध अनुसन्धान मार्फत शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बहनको सिलसिलामा  आर्थिक वर्ष ०८०/०८१ मा सञ्चालित विविध क्रियाकलाप र फलस्वरुप हासिल गरेको उपलब्धि प्रगति विवरण आइतबार जिल्लाका सन्चारकर्मी सङ्ग प्रेस मिट गर्दै एक प्रगति सार्बजनिक गरिएको थियो ।
प्युठान  जिल्लाको सुरक्षा कमाण्ड समालेका डिएसपी थापाले एक बर्ष हासिल गरेका उपलब्धीले नै उनले नयाँ रेर्कड राखेको पृष्टि भएको छ ।
दुरदराज तथा ग्रामीण क्षेत्रमा बस्ने नागरिकको समस्यामा दृढ भई स्थानीय निकाय,संघ सस्था,बिकास कार्यालय, विभिन्न सरोकारवाला सङ्ग सहकार्य र समन्वय गर्दै  नयाँ रेर्कड राखेको उनीसहित जिल्ला प्रहरी कार्यालय प्युठानको एक बर्ष उपलब्धीले नै बोलेको छ ।
यसै सन्दर्भमा अपराध नियन्त्रण,अपराध अनुसन्धान र कानून कार्यान्वयन गर्ने क्रममा सीमित स्रोत र साधनको उच्चतम प्रयोग गरी अधिकतम उपलब्धि हासिल गर्ने प्रयासस्वरूप आर्थिक बर्ष ०८०/०८१  गत वर्षहरू भन्दा उल्लेखनीय सफलता हासिल गरेको र समग्र कार्यसम्पादनस्तर सकारात्मक रहेको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ।

तस्बिर : पत्रकार सम्मेलन पश्चात् सन्चारकर्मी सहित कार्यालयका प्रहरी कर्मचारी सहितको सामुहिक तस्बिर 


तथ्याङ्कगत पुष्ट्याइँ रहेको अवस्था र विविध बिपद् व्यवस्थापनका सिलसिलामा दण्डात्मक र सचेतनामुलक कामकारबाहीमा योगदानकारी भूमिका समेत निर्वाह भई आएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनायो ।
सबै कुराको सन्दर्भ स्मरण गराउँदै आर्थिक वर्ष २०८०।०८१ मा जिल्ला प्रहरी कार्यालय प्युठानबाट शान्तिसुरक्षा तथा अमनचयन कायम,अपराध अनुसन्धान,अपराध नियन्त्रण तथा विवध प्रहरी कारबाहीको सिलसिलामा हालसम्म भएका कार्य तथा प्रगति विवरणको तुलनात्मक तथ्याङ्क निम्नानुसार जिल्ला प्रहरी कार्यालय, प्युठानले प्रेषित गरेको छ ।   
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार डिएसपी थापाले कमान्डमा जिल्ला सम्हालेपछि विभिन्न अपराधिक गतिविधि गरेर बर्षौदेखि फरार रहेका ३ जना अभियुक्तहरुलाई पक्राउ गरिएको, जिल्ला प्रहरी कार्यालय प्युठान तथा मातहत समेतमा कुल ३८ मुद्दामा विभिन्न अपराधमा संलग्न कर्तव्य ज्यान,स्ववारी ज्यान,ज्यान मार्ने उद्योग,ज्यान सम्बन्धि कसुर,लागू औषध,बीस सेवन,आत्महत्या,आगो लगाएर आत्माहत्या,हाम फालेर आत्महत्या,सवारी भबितब्य ज्यान,फुटकर ज्यान,बेवारिसे ज्यान,सवारी चोरी,बाल बिबाह, बाल यौन दुरुपयोग,अभद्र व्यबहार,अपमान तथा अमानवीय व्यबहार, झुन्डि आत्महत्या दुरुत्साहन,जवरजस्ती करणी गर्भपतन सम्बन्धि कसुर गर्ने २०६ वटा मुद्दा दर्ता भई १६५ वटा मुद्दा पर्छौट गरि कानून बमोजिम कारबाही गरिएको,सडक दुर्घटना रोकथाम तथा न्यूनिकरणका लागि ट्राफिक व्यवस्थापन, महिला हिंसा विरुद्धको अभियान चलाईएको,नवप्रर्वर्धनात्मक कार्यमा उल्लेख्य प्रगति भएको, राजस्व संकलन बढेको, परिबार नियोजन सम्बन्धि परामर्श सम्बन्धि लगायतका उल्लेख्य कार्य गरिएको छ ।
अपराधिक गतिविधी नियन्त्रण गरेर शान्तिसुरक्षा बलियो बनाउने प्रमुख प्राथमिकता दिएर कार्यकाल शुरु गरेको जनाउँदै डिएसपी थापाले सिमित स्रोत साधनको बाबजुत पनि आफ्नो एक बर्षे कार्यकाल सफल बनाउनमा जिल्ला स्थित सम्पुर्ण स्थानीय तह,संघ सस्था,बिकास कार्यालय लगायत सम्पुर्ण सरोकारवालाको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।


हेरौँ डिएसपी थापाका कार्यकालमा रेकर्ड कायम गरेका उपलब्धीहरु.....