प्युठानमा राखियो सन्जयको सालिक,नगर प्रमुख योगिले गरे अनावरण

प्युठानमा राखियो सन्जयको सालिक,नगर प्रमुख योगिले गरे अनावरण

प्यूठान,अल्ट्राधावक तथा विश्व पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको शालिक अनावरण गरिएको छ । सञ्जय पण्डित स्मृती प्रतिष्ठान प्यूठानद्वारा आयोजित शालिक अनावरणसंगै प्रतिष्ठान सचिवालय भवनको समेत प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले उद्घाटन गरे ।
प्यूठान नगरपालिका वडा नं ७ स्थित टिकुरी बसपार्क नजिकै रहेको प्रतिष्ठान भवनमा संग्रहालय समेत स्थापना गरिएको प्रतिष्ठानका अध्यक्ष नेगनसिंह कुँवरले जानकारी गराए । स्वर्गीय पण्डितले हिमाल आरोहण गर्दा प्रयोग गरिएका कपडा, औजार, सामाग्री प्रदर्शनीमा राखिएको छ।
पण्डितले करिब २ हजार २ सय किलोमिटर दूरीको दौड अन्तर्गत स्वर्गद्वारी– काठमाण्डौ, भालुबाङ –गौमुखी, काठमाण्डौ–खासा लगायत लामो दूरीको कृतिमानी दौड पूरा गरेका थिए।
२०७४ असार २ गते अमेरिकाको अलास्का हिमाल आरोहण गर्ने क्रममा पण्डितको २९ वर्षको उमेरमा लेक लागेर निधन भएको थियो।शालिक अनावरण कार्यक्रममा गौमुखी गाउँपालिकाका अध्यक्ष विष्णु कुमार गिरी, प्यूठान नगरपालिकाका पूर्व नगर प्रमुख अर्जुन कुमार कक्षपती,प्यूठान नगरपालिका उपप्रमुख देबेन्द्र बर्मा लगायतको उपस्थिति रहेको थियो