एमाले प्युठान १० औं अधिवेशन : अध्यक्षमा विजय,मधुर र अजय सिहको उम्मेद्बारी दर्ता भोलि मतदान 

एमाले प्युठान १० औं अधिवेशन : अध्यक्षमा विजय,मधुर र अजय सिहको उम्मेद्बारी दर्ता भोलि मतदान 

राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा एमाले प्युठानको जिल्ला कमिटीको पाँचजना पदाधिकारीका लागि ११जनाको उम्मेदवारी परेको छ । अध्यक्षमा तीन जना सहित ११ जनाले उम्मेदवारी दिएका थिए।अध्यक्षमा बिजय बिराज बिष्ट,मधुर शर्मा र अजय सिहले उम्मेदवारी दर्ता गरेका छन् । उपाध्यक्ष पदका लागि माधव शर्मा पौडेल,स्याम थापा नेगन सिंह कवरले उम्मेदवारी दिएका छन् । 
त्यस्तै सचिव पदका लागि इन्द्रमणी पोख्रेलको एकल उमेदवारी रहेको निर्वाचन समितीले जनाएको छ। 
दुईजना उपसचिव पदका लागि खुला र महिलातर्फ गरी चारजनाको उम्मेदवारी परेको छ।जसमा हिरामणी भण्डारी,बालाजु श्रेष्ठ,रामचन्द्र केसी गरि ३ जनाको खुलातर्फ उम्मेदवारी परेको छ । महिला तर्फ ईश्वरा आचार्यले उम्मेद्बारी दिनुभएकि छिन।
९ वटै पालिकाबाट भूगोलबाट आउने सम्पूर्ण सदस्यहरू सर्वसम्मत चयन भैसकेको निर्वाचन मण्डलले जानकारी गराएको छ।
एमालेको जिल्ला कमिटी पाँच पदाधिकारीसहित ८९ सदस्यीय हुनेछ जसमध्ये अधिवेशनले एक अध्यक्ष, एक उपाध्यक्ष,एक सचिव र दुई उपसचिवसहित ८९ सदस्यीय जिल्ला कमिटी चयन गर्नेछ।बाँकी ९ जनालाई मनोनीत गरिने बताइएको छ । 

बिहान ७ बजे देखि मतदान सुरु हुने 

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको हुँदा  निर्वाचन तालिका भन्दा केही ढिलाइ भएको एमाले निर्वाचन समितिले जनाएको छ।अन्तिम नामावली प्रकाशित भइसकेको मङ्गलबार  बिहान ७ बजेदेखि मतदान हुने छ।अधिवेशनमा ९ स्थानीय तह बाट ५ सय ३९ जना प्रतिनिधि मतदाता रहेका छन् ।