अदालतको फैसला कार्यान्वयनमा प्युठान प्रहरीको ‘एक्सन’,फरार प्रतिवादीलाई पक्राउ गर्दै 

अदालतको फैसला कार्यान्वयनमा प्युठान प्रहरीको ‘एक्सन’,फरार प्रतिवादीलाई पक्राउ गर्दै 

राम बहादुर बिश्वकर्मा
प्युठान,फैसला भएको ७ वर्ष पछी सरकारी कागज छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानको  टोलीले प्युठान नगरपालिका वडा नं.१० बस्ने टंक बहादुर जि.सी.को छोरा वर्ष २८ को भुमेराम जि.सी.लाई  कैद तथा जरिवाना असुल गराउनको लागी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी हुमानन्द खनालका अनुसार सम्मानीत धादिङ जिल्ला अदालतको मिति २०७४।१०।१५ गतेको फैसला अनुसार जि सि सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहर भएका थिए। उहाँका अनुसार २०८१।०१।२१ गते सम्मानीत प्युठान जिल्ला अदालतमा पठाईएको हो।