कोरोना भाइसरबाट बच्न घर दैलो
दाङ । कल्पुधर्मशाला व्यवस्थापन समितिले कोरोना भाइसरबाट बच्ने उपाय सिकाउँन घर दैलो अभियान सुरु गरेको छ । धर्मशाला व्यवस्थापन समितिले घोराही उप–महानगरपालिका वडा नं.१४ र १५ का विभिन्न स्थानमा घर दैलो अभियान संचालन गरेको समितिका अध्यक्ष नारायण गुप्ताले जानकारी दिनुभयो । उहाँले अभियानका क्रममा टोल–टोलमा पुगेर हात धुन सिकाउँने, सावुन पानी वा तातो पानीले ३० सेकेण्ड हात धुने स्यानिटाईजर जेल प्रयोग गर्ने खोक्दा वा हाछ्यु गर्दा गर्दा टिशु पेपर प्रयो गर्ने हात नधोई आँखा नाक मुख नछुने अश्वस्थ मानिसको नजिक नजाउने उपायका बारेमा जानकारी दिनु भएको थियो । यस्तै अभियानका क्रममा माईकिङ तथा कोरोना भाईसरबाट बच्चे उपायका बारेमा लेखिएका पर्चा पम्पिलेट वितरण गरिएको थियो
प्रतिक्रिया राख्नुहोस्