सीता बि.क
प्युठान,नेपालका पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासघको ६९ औँ वर्षमा प्रवेश गरेको अवसरमा प्युठान शाखाले शुक्रबार विहान प्रभातफेरीको आयोजना गरिएको छ ।
देशभरका महासंघका शखाहरुले आज ६९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईरहेका छन्।
प्युठान नगरपालिका वडा नम्बर ४ जुम्री बाट सुरु भएको प्रभातफेरी मित्रमणी चोक बिजुवारमा पुगी कोणसभामा परिणत भएको थियो ।
प्रभातफेरीमा सरिक हुँदै प्युठान शाखामा आबद्ध सन्चारकर्मी
कोणसभामा महासघका अध्यक्ष सन्जय रिजालले लोकतान्त्रिक संविधान जारी गराउन सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउदै प्रेस जगतले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै श्रमजीवी पत्रकारको भौतिक सुरक्षासँगै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्दै सम्पूर्ण पत्रकारको अधिकारका लागि महासघ अगाडि बढ्नु पर्ने बताए।
स्वतन्त्रता र प्रेस स्वतन्त्राको पक्षमा उभिन सबै सञ्चारकर्मीहरुलाई आग्रह समेत गरे ।
त्यस्तै नेपाल पत्रकार महासघका केन्द्रिय सदस्य सुशील पोख्रेलले नेपालमा लोकतन्त्र,नागरिक अधिकार,प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासलाई कहिले पनि भुल्न नहुने बताए।
तस्बिर: शुभकामना मन्तब्य दिदै महासघका केन्द्रिय सदस्य सुशील पोख्रेल
त्यस्तै नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका संस्थापक उपाध्यक्ष मेगराज भट्टले संस्थालाई जीवन्त राख्न संस्थागत विकासको जरुरी रहेको बताउँदै सबै कलमजिबी पत्रकारले स्वच्छ,निर्भिक,निडर,निश्पक्ष ढङ्गले कलम चलाउनुपर्ने बताए ।
कार्यक्रममा पत्रकार महासंघ प्युठान शाखाका पुर्ब अध्यक्ष गिरु प्रसाद भण्डारी,पत्रकारसंग सम्बन्धित विभिन्न संघसंगठनका अध्यक्षहरुका साथै जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो।
भने प्रभातफेरी कार्यक्रमको सन्चालन महासघका सचिब प्रकाश बैद्दले गरेका थिए।
प्रतिक्रिया राख्नुहोस्