सीता बि.क
प्युठान,ॐ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मल्लरानी गाउँपालिका-४ खलंगाका सेयर सदस्यले उपचारमा छुट पाउने भएका छन्।
सहकारी र निमतारा पोलिक्लिनिक बिजुवार बीच सहकारीका सदस्यलाई उपचारमा छुट दिने सहमती भएको छ।सहमति अनुसार सेयर सदस्यले अबदेखि स्वास्थ्य उपचारमा २० प्रतिशत छुट पाउने भएका हुन् ।
सहमतिपत्रमा हस्पिटलका तर्फबाट डाक्टर सुबास जि सि र सहकारी अध्यक्ष लोकेन्द्र सुनारले हस्ताक्षर गरेका छन् ।
सहकारीले सेयर सदस्य र सेवाग्राहीलाई प्रमाणित गरेर पठाएपछि अस्पतालले सम्झौता बमोजिम तोकिएको छुट उपलब्ध गराउने छ ।
निमतारा पोलिक्लिनिक जिल्लामा प्रतिष्ठित उपचार केन्द्र हो।हड्डी,नशा तथा दीर्घ रोग लगायत सम्बन्धी उपचार यस क्लिनिकले गर्दै आएको छ।
तस्बिर:निमतारा पोलिक्लिनिक संचालक डाक्टर सुवास जि सि र ॐ बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष लोकेन्द्र सुनार बिच भएको सहमति पत्र हस्ताक्षर पश्चात्
त्यस्तै २०५७ सालमा स्थापना भएको सहकारीमा ७ सय ५० जना शेयर सदस्य रहेको अध्यक्ष सुनारले जानकारी दिए। भर्खरै सहकारीको नेतृत्व सम्हालेका सुनारले आफ्नो कार्यकालमा सेयर सदस्यलाई साबिक भन्दा फरक सेवा प्रदान गर्ने उद्देश्यले संचालक समितिको निर्णय अनुसार यस्तो सहमति गरिएको बताउँछन।
यो कार्यबाट आफ्ना सदस्यको स्वास्थ्य उपचारमा सहयोग पुग्ने बिश्वास गरिएको छ।उनले भने सहकारीले आगामी दिनमा थप रचनात्मक काम गर्दै जाने उनको भनाई।
प्रतिक्रिया राख्नुहोस्