राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा दश बेडको आईसुलेसन कक्ष 

कोरोना भाइरस संक्रमितको उपचार 

राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानमा दश बेडको आईसुलेसन कक्ष 

दाङ । राप्ती स्वाथ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस कोभिड १९ बाट संक्रमितको उपचार गर्न दश बेडको आईसुलेसन वार्ड छुट्टाएरको छ । कोरोनाका बिरामी फेलापरे उनिहरुको उपचार गर्न  आईसुलेसन वार्ड छुट्टाएको हो ।कोरोनाका बिरामी फेला परे त्यसबाट  अरुलाई नसरोस् भन्ने उदेश्यले छुट्टै आईसुलेसन वार्ड राखिएको प्रतिष्ठानमा कार्यरत डाक्टर सदिक्षा योगीले जानकारी दिनुभयो । यस्तै जिल्लामा अहिले  मास्कको अभाब भएको छ । कोरोना भाइरसबाट बच्न सर्वसाधारणले मास्कको प्रयोग गर्न थालेसंगै  जिल्लाभर मास्कको अभाब भएको हो । जिल्लाको घोराही,तुलसीपुर लमही,भालुवाङमा रहेका  सरकारी तथा निजी स्वास्थ्य संस्था मास्क पाईन छाडेको हो  । बजारमा व्यापारीले मास्क लुकाउँदा  पाँच रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँ तिर्दा पनि पाईन छाडेको सर्बसाधारणले गुनासो गरेका छन् ।