प्रेस चौतारीको २६ औं स्थापना दिवस : प्युठान शाखाले गर्यो बिरामीलाई फलफुल बितरण तथा रक्तदान 

प्रेस चौतारीको २६ औं स्थापना दिवस : प्युठान शाखाले गर्यो बिरामीलाई फलफुल बितरण तथा रक्तदान 

सीता बि.क
प्युठान,प्रेस चौतारी नेपालको २६ औँ स्थापना दिवस मनाइएको छ । प्रेस चौतारी नेपाल, प्युठान शाखाले बिजुवारमा सोमबार एक कार्यक्रमको आयोजना गरि २६ औँ स्थापना दिवस मनाइएको हो । प्रेस चौतारी नेपाल प्युठान शाखाका अध्यक्ष बासुदेव गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी प्रदेश शभा सदस्य तुल्सिराम शर्मा रहनुभएको थियो। 
उक्त अबसरमा जिल्ला अस्पताल बिजुवारमा रहेका ४१ जना बिरामीलाई फलफुल बितरण गरिएको थियो।त्यस्तै कार्यक्रममा प्रेस चौतारी लुम्बिनी प्रदेश कोषाध्यक्ष एल बि थापा सहित ४ जनाले रक्तदान गर्नुभएको छ। रक्तदान गर्नेहरुमा प्रदेश सदस्य कमल बि.क, प्रेस चौतारी नेपाल जिल्ला शाखा प्यूठानका निवर्तमान अध्यक्ष बिजयसिंह भारती र स्वंयमसेवक रक्तदाता समाजका केन्द्रीय सदस्य मनु लामाले रक्तदान गर्नुभएको थियो।

कार्यक्रमका प्रमुख अतिथि शर्माले अस्पतालमा उपचाररत बिरामीको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफुल बितरण गर्नुभयो।

तस्बिर: प्युठान अस्पतालमा उपचाररत बिरामीलाई फलफुल प्रदान गरि सिघ्र स्वास्थ्य लाभको कामना गर्नुहुदै लुम्बिनी प्रदेश शभा सदस्य तुल्सिराम शर्मा


स्थापना दिवसको अवसरमा शुभकामना दिदै उहाँले पत्रकार कसैको दबाव र प्रभावमा नपरी सही सूचना प्रवाह गर्नु पर्नेमा जोड दिनुभयो । पछिल्लो समय पत्रकारितामा पनि केही विकृति फैलन थालेको भन्दै जनतालाई सुसुूुचित गराउनु पत्रकारले आफ्नो सिद्वान्त भुल्न नहुने बताउनुभयो।
कार्यक्रममा नेपाल पत्रकार महासघका केन्द्रीय सदस्य सुशील पोख्रेलले पत्रकारिता विश्वासिलो बनाउनुपर्नमा जोड दिनुभयो।उहाँले पत्रकार र पत्रकारिताको व्यवसायीक सुरक्षा भौतिक तथा शारीरिक सुरक्षाका सवालमा सम्पूर्ण संगठन र महासंघले गम्भीरतापूर्वक लाग्नुपर्ने बताउनुभयो। पेशालाई मर्यादित बनाउँदै आचरण व्यवहारमा समेत सुधार गर्दै लैजानुपर्ने उहाँको भनाई छ।कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य गिरु प्रसाद भण्डारीले संगठीत पत्रकारहरुले आफनो पहिचानको प्रर्दशन गर्नुपर्ने बेला आएको बताउनुभयो। दलगत पहिचान नभई समाजलाई अघि बढाउन लाएकको पहिचान दिन अहिलेको पत्रकारिताको आवश्यकता भएको उहाको भनाई छ।प्रगतिशिल पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष प्रज्वल पहाडीले पत्रकारहरुले बैचारिक धरातल फरक भएपनि पेशागत हकहितका लागि एकजुट हुनुपर्नेमा जोड दिनुभयो। 
उहाँले श्रमजिवी पत्रकारहरुको हक अधिकार,पेशागत सुरक्षा,व्यवसायिकताको सवालमा एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो।