राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली भोली आइतबार प्युठान आउनुहुने भएको छ ।
नौबहिनि गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न आउन लाग्नु भएको हो।
नौबहिनी गाउँपालिका-६,बाहानेमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न आउने असोज २८ गते आउनुहुने पुर्व प्रधानमन्त्री केपि शर्मा ओलि लाई स्वागत गर्ने कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिनुभयो।
उहाँका अनुसार ओलि यहाँ आएपछि १० बजे सिधै स्वर्गदारी मन्दिरमा पूजा अर्चना गर्नुहुनेछ।त्यसपछि बिहान ११ बजे होटल आयुष्मामा जनभेटघाट कार्यक्रममा सरिक हुनुहुनेछ।
दिउँसो १ बजे नौबहिनी गाउँपालिका-६,बाहानेमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्न पुग्नुहुने छ।
समुद्घाटन कार्यक्रममा ओलि सहित नेकपा एमाले पोलिट ब्युरो सदस्य,प्रभाबशाली नेता एबम प्रतिनिधि शभा सदस्य सुर्य थापा,पोलिटी ब्युरो सदस्य तथा नेकपा एमाले जिल्ला इन्चार्ज नरुलाल चौधरी,नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल,लुम्बिनी प्रदेश सरकारका पूर्ब कृषि मन्त्री तथा प्युठान जिल्ला प्रदेशसभा क्षेत्र न.१ का सदस्य तुल्सीराम शर्मा लगायतको टिम कार्यक्रममा सहभागी हुने बताइएको छ।
प्रतिक्रिया राख्नुहोस्