समाजसेवी रबिश्वर थापाद्वारा लिखित 'गौमुखी क्षेत्रमा अर्खाको चिनारी’ बिमोचन

समाजसेवी रबिश्वर थापाद्वारा लिखित 'गौमुखी क्षेत्रमा अर्खाको चिनारी’ बिमोचन

राम बहादुर बिश्वकर्मा
प्युठान,गौमुखी गाउँपालिका-१ अर्खाका समाजसेवी रबिश्वर थापाले लेख्नु भएको‘गौमुखी क्षेत्रमा अर्खाको चिनारी’ पुस्तक बिमोचन गरिएको छ।
७२ वर्षीय थापाको पुस्तक प्रतिनिधि सभा सदस्य सुर्य थापाले बिमोचन गर्नुभएको हो।
बिमोचन गर्दै  प्रमुख अतिथि थापाले गौमुखी क्षेत्रको विषयमा किताब लेखेर महत्त्वपूर्ण कार्य गरेको बताउनुभयो ।साथै उहाँले थापाले गौमुखीमा शैक्षिक क्षेत्रमा समेत उदाहरणीय काम गरेको बताउनुभयो।

पुस्तकमा उत्तरी प्युठानको गौमुखी गाउँपालिका अर्खाको ऐतिहासिक बस्ती अर्जुन घर्तिको वंशवलिदेखि स्थानीय उखान टुक्का सम्मका विषयवस्तुहरु समावेश छन् । गौमुखी क्षेत्रमा अर्खाको बारेमा वास्तविक जानकारी प्राप्त गर्न पुस्तक उपयोगी हुने वक्ताहरुले बताए ।
पुस्तकमा यो ठाउँको नाम कसरी अर्खा हुन पुग्यो र अहिले कसरी थाहा भयो भन्ने कुराहरु उल्लेख छ । त्यस्तै गरी पुस्तकमा अर्खाको लाटा नाच,गनाउने खोलाको डौडे बोक्सा,अर्गेजा राना मगरहरुको कुल पुजा,अर्खाको कैलाशी दह,हावापानी,बनजंगल, जिवजन्तु लगायतका विषयहरु पनि पुस्तकमा समावेश छन् । पुस्तकमा यहाँ भएको अर्खा माध्यामिक बिध्यालयको संक्षिप्त इतिहासको बारेमा विस्तृत बिबरण उल्लेख छ । त्यस्तै यहाँको वस्ती विकास र अहिलेको सामाजिक संरचनालाई पनि पुस्तकमा समावेश गरिएको छ। यहाँ बसोबास गर्ने समुदाय,उनीहरुको भाषा,धर्म र संस्कृतिलाई पनि पुस्तकले प्रस्तुत गरेको छ । त्यस्तै यस क्षेत्रमा भएका साना ठूला धार्मिकस्थलहरुका बारेमा पनि पुस्तकमा उल्लेख छ । 
यसका साथै पुस्तकमा यहाँको विकासक्रमलाई पनि समावेश गरिएको छ । यहाँको सडकको विकासक्रम, शिक्षाको विकासक्रम,स्वास्थ्य सेवाको विकासक्रम, कृषि तथा सिचाईको अवस्था,पर्यटकीय सम्भावना लगायतका कुराहरुलाई पनि प्रस्तुत गरिएको छ ।
त्य्स्तै साहित्यकार बिपी सेढाईले पुस्तकको समीक्षा गर्नुभयो। उहाँले पुस्तकमा शैक्षिक अवस्था,सामाजिक अवस्था र सास्कृतिक बिबिधता उल्लेख गरिएको बताउनुभयो ।
कार्यक्रममा शुभकामना दिदै साहित्य परिषद प्युठानका कार्यबाहक अध्यक्ष बिमला खनालले सिद्दिचरण श्रेष्ठले लेखेको ‘मेरो प्यारो ओखलढुंगा’ कबिताले जिल्ला चिनाउने काम गरेजस्तै जिल्लाको पहिचान दिन यस्ता कृति आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा लेखक थापाका मितभाई सुरेन्द्र जिसी, नेपाल पत्रकार महासंघ प्युठानका पुर्व अध्यक्ष गिरु भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो । आयोजक लेखकका छोरा मित्र थापाले पुस्तकलाई प्राप्त सल्लाह सुझाबको आधारमा परिस्कृत गर्दै जाने बताउनुभयो। कार्यक्रमको संचालन पत्रकार बिजयसिंह भारतीले गर्नुभएको थियो ।