लुम्बिनी प्रदेशका अर्थमन्त्री मास्की आइतबार प्युठान आउँदै

प्युठान,लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री धनबहादुर मास्की(राजेश) भोलि आइतबार प्युठान आउने कार्यक्रम तय भएको छ। नेकपा माओवादी केन्द्रले संचालन गरेको “जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान” को समापन कार्यक्रमलाई सम्बोधन गर्न लुम्बिनी प्रदेश अर्थमन्त्री मास्कि प्युठान आउन लाग्नुभएको हो ।
नेकपा माओवादी केन्द्र प्युठान नगरकमिटीको आयोजनामा आयुस्मा होटेल बिजुवारमा हुन लागेको नेकपा माओवादी केन्द्रको “जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान” को समापन तथा जनप्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न अर्थमन्त्री मास्की प्युठान आउन लाग्नुभएको नेकपा माओवादी केन्द्र प्युठान नगरकमिटीका सचिब सुमन श्रेष्ठले बताउनुभयो ।
माओवादीले पछिल्लो समय आफ्नो वर्गधरातल भुलेको बुझाई रहदै गर्दा उक्त अभियान बाट जनतासँग अन्तरघुलित गराउने उद्देश्यले आयोजित‘जनतासंग माओवादी,बिशेष रुपान्तरण अभियान”ले जनता र माओवादी बीचको दुरी घटाएर पुरानो विरासत फर्काउन यस अभियानले प्रभावकारी भूमिका खेलेको उहाँको दाबी छ।   
मन्त्री मास्कीको प्रमुख आतिथ्यतामा “जनतासंग माओवादी, बिशेष रुपान्तरण अभियान” को समापन तथा जनप्रशिक्षण कार्यक्रम हुन लागेको हो।
उक्त कार्यक्रममा जिल्लाका अन्य नेता कार्यकर्ता लगाएको उपस्थिति रहने नगरकमिटीका सचिब सुमनराज श्रेष्ठले जानकारी दिनुभयो।