टिकट नपाएपछि माओबादी केन्द्र त्यागेर के सि को प्यानलले दियो स्वतन्त्र उम्मेदवारी

टिकट नपाएपछि माओबादी केन्द्र त्यागेर के सि को प्यानलले दियो स्वतन्त्र उम्मेदवारी

राम बहादुर बिश्वकर्मा
प्युठान,यहि बैसाख ३० गतेको स्थानीय तहको निर्वाचनका लागि प्युठान नगरपालिकामा माओबादी केन्द्र बाट आकांक्षी रहेका लोक बहादुर के सि ले प्युठान नगरपालिका १० बाट वडा अध्यक्ष पदमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन्।
उनले आज दोस्रो उम्मेदवारको रूपमा मनोनयन दर्ता गराएका हुन्।माओबादी केन्द्र बाट टिकट नपाएपछि के सि  असन्तुष्ट बनेका थिए।पार्टीले वास्तविक कार्यकर्तालाई बाइकट गरेको उनको आरोप छ।२०४२ सालमा मोटो मसाल देखी राजनीति गर्दै हाल माओबादी केन्द्रको प्युठान नगरपालिका वडा नम्बर १० को वडा अध्यक्ष समेत रहेका के सि ले भने मतदाताको भाबनालाई आत्मसात गर्दै पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएको छु।’ शिक्षा,स्वास्थ्य र रोजगारमा सुधार ल्याउने उद्देश्यले उम्मेदवारी दिएको उनले बताएका छन् ।
त्यस्तै स्थानीय तहको निर्वाचनमा मलाई निर्वाचित गरी वडाबासिले बिजय गराउनेमा ढुक्क भएको दाबी गर्दै वडालाई भ्रष्टाचारमूक्त,लोककल्याणकारी, स्वच्छ, सुन्दर र समृद्ध नमूना वडा बनाउन योगदान रहनेछ।
उक्त प्यानलमा निसा रोका मगर (सदस्य महिला),कुन्ता सुनार(दलित महिला),तेज बहादुर खड्का पण्डित (सदस्य),राजकुमार थापा सदस्य रहेका छन।