राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ८ स्थित गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ ।
जापान सरकारको आर्थिक सहयोगमा प्युठान नगरपालकाको वडा नं.८ गेजबाङ्गमा निर्माण भएको अत्याधुनिक प्रविधिको बेसार प्रशोधन केन्द्रको उद्घाटन गरिएको हो ।
प्यूठान नगरपालिकाका प्रमुख विष्णुबहादुर योगीको अध्यक्षतामा प्रसोधन केन्द्रको उद्घाटन नेपालका लागि जापानका महामहिम राजदूत किकुता युताकाले गर्नुभयो ।
नेपालका लागि जापानी राजदुत किकुता युटुकाले किकुता युतकाले परियोजना सफल भएकोमा खुशी व्यक्त गर्नुभयो ।
वडाका करिव ५५० घरधुरीले बिशादी प्रयोग नगरिएको बेसारको धुलो बनाएर बिक्री गर्न सके राम्रो मुल्य पाउने बिश्वास व्यक्त गर्नुभयो ।
यसैबीच महामहिम राजदूतले प्युठान नगरपालिका–८ का वडा अध्यक्ष पदम थापालाई प्रशोधन केन्द्रको साँचो हस्तान्तरण गर्नुभएको थियो ।
नगरप्रमुख बिष्णु बहादुर योगीले यो परियोजनाले बेसारको उत्पादन,प्रशोधन र व्यावसायिकरणका लागि ठुलो सहयोग बताउनुभयो।परियोजनाको नियमित संचालन र दिगोपनाको लागि आफु सदैब प्रतिबद्ध रहने उहाँको भनाई छ।
उप-प्रमुख देवेन्द्र वर्माले प्रसोधन केन्द्र स्थापना पस्चात अर्गानिक र ब्याबसायिक उत्पादन गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गर्नुभयो ।
निर्माण सम्पन्न प्रसोधन केन्द्र लागि जापान सरकारले सामाजिक(आर्थिक बिकासका लागि भोल नेपाल अन्तर्गत करीब १ करोड रुपियाँ सहयोग उपलब्ध गराएको थियो ।
वार्षिक १ लाख केजी सुद्ध वेसार उत्पादन तथा बिक्रीवितरण गर्ने लक्ष्यका साथ बेसार उद्योग स्थापना भएको नगरपालिकाले जनाएको छ।
साथै बेसारकाे बजार प्रवर्द्धन तथा अन्य विभिन्न जानकारीका लागि www.besarbazar.com नामको वेब साइड समेत सार्बजनिक गरिएको छ।
कार्यक्रममा नगर प्रवक्ता सुमनराज श्रेष्ठ,विभिन्न वाडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्