राम बहादुर बिश्वकर्मा
प्युठान,कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित गराएर परीक्षा लिन सक्ने अवस्था नभएपछि केही स्थानीय तहहरुले आन्तरिक मुल्यांकन विधिमार्फत विद्यालय तहको वार्षिक परीक्षाफल प्रकाशन गर्ने भएका छन् ।
कोरोनाको जोखिम नघटेको हुँदा प्युठान झिमरुक,नौबहिनी गाउँपालिका लगायतले आफ्नो क्षेत्रका विद्यालयहरुलाई आन्तरिक मुल्यांकनका आधारमै भए पनि परीक्षा लिन निर्देशन दिएका हुन् ।
यहि जेष्ठ १० गते प्युठान नगरपालिका शिक्षा समितिको बैठक बसि आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक तथा सस्थगत विद्यालयहरुलाई आन्तिरिक मुल्यांकनको आधारमा बार्षिक परीक्षाफल प्रकाशन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख बिष्णु पोख्रेलले जानकारी दिनुभयो । नगरपालिकाले जेष्ठ तेस्रो हप्तासम्म परीक्षाफल परीक्षाफल प्रकाशन गर्न समेत निर्देशन दिइसकेको छ ।
कक्षा ८ बाहेक अन्य कक्षाको आन्तरिक विधिबाट परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएको नगरले ८ कक्षाको परिक्षाफल बारेमा पछि निर्णय गरिने र कक्षा १० को राष्ट्रिय परिक्षा बोर्डले तोके अनुसार हुने बताइएको छ।
त्यस्तै नौबहिनी गाउँपालिका झिमरुक र नौबहिनी गाउँपालिकाले पनि गएको गत हप्ता विज्ञप्ति जारी गर्दै आफ्नो क्षेत्रभित्र रहेका निजी तथा सामुदायिक विद्यालयलाई आन्तिरिक मुल्यांकनको आधारमा परीक्षाफल प्रकाशन गर्न आग्रह गरेको थियो ।
विद्यार्थीको त्रैमासिक,अर्धवार्षिक परीक्षालाई आधार मानेर आन्तरिक मूल्याङकनका आधारमा विद्यार्थीको मूल्याङकन गरी वार्षिक नतिजा प्रकाशन गर्ने र ८ कक्षाको वार्षिक परीक्षाको विषयमा भने हालसम्म पालिकाहरुले कुनै निर्णय गरेको छैनन् ।यसैबीच नगरपालिकाले कक्षा थपका लागि आबेदन परेका नगरपालिका क्षेत्र का विभिन्न बिध्यालयलाई कक्षा थपका लागि अनुमती प्रदान गर्ने समेत भएको छ।
आगामी शैक्षिक सत्रमा बाल बिध्या मा बि मरन्ठानाले कक्षा ११ र १२ सन्चालन , नेपाल आधारभुत बिध्यालय टारीमा ९ कक्षा ,दुर्गा प्रा बि मरेङ्ग ५ कक्षा,बिध्या भण्डार धगे ८ कक्षा,मुक्ति मा बि रातामाटा ३ कक्षा सन्चालन गर्न पाउने भएका छ्न । साथै नगर भित्रका विभिन्न वडाका बस्तिहरुमा ६ वटा बाल बिकास सन्चालन गर्ने अनुमती प्रदान गरिने निर्णय भएको नगरपालिकाले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्