प्युठान,२८ औं राष्ट्रिय बाल साहित्य सम्मेलन प्युठानमा शुरु भएको छ।
बिहान सदरमुकाम खलंगामा प्रभातफेरी पछि जनता माध्यमिक विद्यालय बाग्दुलामा सम्मेलनको प्रतिनिधिसभा सदस्य सुर्य थापाले उद्घाटन गर्नुभएको हो।
कार्यक्रम उद्घाटनमा बोल्दै प्रमुख अतिथि थापाले सम्मेलनले जिल्लाको साहित्यसंगै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउनुभयो।उहाँले कार्यक्रममा करीब डेढ दर्जन कृति बिमोचन भएकोमा खुशी व्यक्त गर्नुभयो।जिल्लाको पहिचानलाई देशमा चिनाउनका लागि यस्ता गतिविधिले भुमिका खेल्ने बताउनुभयो।
सम्मेलनमा प्युठान : हिजो,आज र भोलि बिषयमा टक शो सप्पन्न भएको छ एक घण्टा भएको छ्लफलमा प्रतिनिधि सभा सदस्य सुर्य थापा, प्रदेशसभा सदस्य नीमा गिरी र प्युठान नगरपालिका प्रमुख बिष्णु बहादुर योगी सहभागी हुनुहुन्थ्यो।कार्यक्रमको सहजीकरण घनश्याम अस्तित्वले गर्नुभएको थियो।
सम्मेलनमा कथा लेखन,निवन्ध,कविता, चित्रकला,नृत्य,अभिनय कार्यशाला भएको छ । त्यसैगरी कथा लेखन र हस्त लेखनको प्रतियोगिता समेत सञ्चालन भएको छ।
सम्मेलनबाट बालबालिका तथा किशोरकिशोरीहरुको पठनसिप,पठन संस्कार र संस्कृति तथा सिर्जनशिलतामा विकास हुने अपेक्षा गरिएको छ।साथै जिल्लाको पर्यटकीय क्षेत्रहरुको प्रर्वद्धनमा समेत सम्मेलनले टेवा पुर्याउने अपेक्षा गरिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुशील पोख्रेलले बताउनुभयो।उहाँले अहिलेका बालबालिकामा पठनशीपको कमी हुदै गएकाले यो सम्मेलनले थप जागरुक बनाउने बताउनुभयो।
शिक्षा बिकास तथा समन्वय ईकाई प्युठानका प्रमुख शिवराज पण्डितले सम्मेलन जिल्लाको बालबालिकाको सिकाई वृद्धि गर्न महत्त्वपूर्ण भएको प्रतिक्रिया दिनुभयो।उहाँले बालबालिकालाई सही पुस्तक र विषय छनौट गर्न प्रेरणा मिल्ने अपेक्षा गर्नुभयो।
कार्यक्रममा बाल साहित्यसँग सम्वन्धित साहित्यकारदेखी जिल्लाका बिभिन्न स्थानीय तहबाट बालबालिकाको सहभागिता रहेको बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यले बताउनुभयो।उहाँले जिल्ला बाहिरबाट आएका साहित्यकारलाई जिल्लाको पर्यटकीय क्षेत्रको अबलोकन समेत गराईने उहाँको भनाई छ ।
प्रतिक्रिया राख्नुहोस्