राम बहादुर बिश्वकर्मा
प्युठान,भरखरै सरुवा भएर प्युठान जिल्लाको जिम्मेवारी पाएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक इश्वर थापाले सन्चारकर्मी र प्रहरीको एक अर्काका परिपूरक भएकोले शान्ति सुरक्षा र अपराध नियन्त्रणमा समन्वय आवश्यक रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानको जिम्मेवारी पाएपछि कार्यालयमा बिहिवार गरिएको पत्रकार सङ्ग भेटघाट कार्यक्रममा थापाले यस्तो बताएका हुन।पत्रकार राज्यको चौथो अंग रहेको बताउदै प्रहरी प्रशासनले गरेका गतिविधिलाई,‘गतिशिल,निष्पक्ष र पारदर्शीताको लागि उच्च मनोवलको साथ काम गर्न सधै कटिबद्ध रहेने उल्लेख गरे।
पत्रकार र प्रहरीबीचको सम्बन्ध सधै निगटतम हुनुपर्छ प्रहरीले मात्र नागरिकको शान्ति सुरक्षा कायम हुन सक्दैन,त्यसैले पत्रकार र प्रहरी बिच एक आपसमा दोहोरो सहयोग र समन्वय हुन आवश्यक छ'-डिएसपी थापाले भने।जब सम्म प्रहरी र पत्रकार बीच घनिष्टता हुदैन्,तब सम्म समाज अपराध मुक्त हुन सक्दैन्।"उनले आफुले जिल्ला प्रहरी कार्यालय प्युठानको जिम्मेवारी पाएपछि कार्यालयले गरेको हरेक गतिविधिको बारेमा पत्रकारहरुलाई जानकारी गराउने प्रतिवद्धता व्यक्त गर्दै जिल्लामा अब हुने १ बर्ष कार्यकालमा शान्ती र सुरक्षित प्युठान अभियान लाई अगाडि बाढाउने दाबी गरेका छ्न।
त्यस्तै उनले चाडपर्व नजिकिए सङ्गै विभिन्न अपराधिक क्रियाकलाप हुन सक्ने भन्दै सुचना आदानप्रदान गर्न जरुरी देखिएको बताए।
अब केही दिनमै जिल्लाका ९ वटै स्थानीय तह सङ्ग समन्वय गरि अहिले सम्म भए गरेका गतिविधि देखिएका समस्याको जानकारी लिदै नियन्त्रणका बारेमा योजना तय गरि अगाडी बढ्ने उनको भनाई छ।
कार्यक्रममा सन्चारकर्मिले पछिल्लो समय जिल्लामा मदिरा सेवनका कारण घरेलु हिंसा बढेको,लागुऔषधका क्रियाकलाप बढ्दै गईरहेको,दुर्गम क्षेत्रमा चोरीका घटना बढेको,किशोर अबस्थामा बढ्दै गएको प्रविधिको गलत प्रयोग तथा लागुऔषधको दुर्व्यसन र सडक असुरक्षाका कारण समाजमा अपराध र असुरक्षा बढिरहेको,आत्महत्या,सडकमा ट्राफिक जाम लगायतका गुनासो राखेका थिए।
डिएसपी थापा केही दिन अघि मात्र काठमाडौ उपत्यका प्रहरी कार्यालयबाट सरुवा भई जिल्लामा आएका हुन। प्रहरी नायब उपरीक्षक थापा मिडिया मैत्रि प्रहरी प्रमुखको रुपमा चिनिन्छन।उनले काठमाडौ उपत्यका रहदा जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सफल भएका थिए।
प्रतिक्रिया राख्नुहोस्