राम बहादुर बिश्वकर्मा
प्युठान,स्थानीयको दबाबपछि मरन्ठाना सडक खण्डमा खाल्डा पुर्ने काम सुरु भएको छ ।
मरन्ठाना खण्डको सडकमा खाल्डाखुल्डि हुँदा हिलाम्य भएर बालबालिका,बृद्धबृद्धा र अन्य पैदलयात्रीहरुलाई समस्या भएको भन्दै सडकमा रहेका खाल्डाखुल्डि पुर्न सामाजिक सन्जालमा नगर कार्यालयलाई स्थानीयले दबाब दिएका थिए।
स्थानीय धुर्ब जि सि को फेसबुक वाल बाट जस्ताको त्यस्तैबाग्दुला,भिमगिठे माेटरबाटाे उपेक्षित भयाे।केन्द्रीय बजेटबाट टेण्डर परि स्थगित भई बर्षाै अलपत्र परेकाे अबस्था छ।अन्याैलपूर्ण अबस्थामा रहेकाे याे माेटरबाटाेकाे स्थायी समाधान नभएकाे अबस्थामा,आ-आफ्नाे कार्यक्षत्र भित्र पर्ने बाटाेकाे मर्मत संभार गरि अस्थायी समाधान खाेजि गर्नुपर्नेमा प्यूठान नगरपालिका सक्रिय देखिदैन।झिमरूक गा.पा.ले केही मर्मत गरेकाे देखिन्छ।बाग्दुला-काेलछापा (बतासे)सम्म प्यूठान नगरपालिकाले मर्मत संभार गरि तत्कालिन समस्या समाधान गर्न जाेडदार माग गर्दछु।दबाबकाे लागि सबै नागरिक लागाै।अब त अति भयाे ।

स्थानीय बासिको सुझावलाई ध्यान दिदै प्युठान नगरपालिकाले खाल्डाखुल्डी धमाधम पुर्न थालिएको हो। आज दिनभर प्युठान नगरपालिका वडा नम्बर ९ र १० मरन्ठाना अन्तर्गत सडकका खाल्डा खुल्डीपुर्ने काम गरिरहेको छ।
लामो समय देखि उक्त सडक स्तरउन्नतिका लागि नगरबासीले पटकपटक दवाब दिए पनि उक्त सडक खण्डमा गुढ्ने सावारी साधन र पैदल यात्रीले सास्ति बेहोर्न बाध्य छन्।
प्युठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माका अनुसार बाग्दुला देखि मरन्ठाना हुँदै बतासे डाँडा सम्मको मोटर बाटाेको खाल्डा खुल्डि पुर्ने तथा जटिल समस्या रहेको स्थानमा स्तर उन्नति गर्ने कार्यको थालनी गरेको छ ।उक्त सडक खण्डमा धमाधम अहिले ३ वटा टिपर र डोजरले खाल्डा पुरिरहेको छ।
प्रतिक्रिया राख्नुहोस्