सीता बि.क
प्युठान,एक महिने बुटिक सिप विकास तालिम शुक्रबार देखि प्युठान नगरपालिका वडा नम्बर ६ माझकोटमा सुरु भएको छ।तालिमको प्युठान नगरपालिका नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा प्युठान नगरपालिकाका नगर प्रवक्ता सुमन राज श्रेष्ठले उद्घाटन गर्नुभएको हो।
प्युठान नगरपालिकाको आयोजनामा सुरु भएको तालिमको मुख्य उद्देश्य महिलाहरुलाई सफल उद्यमी बनाउने रहेको छ ।
तालिम उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले सिपले रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने बताउनुभयो।
नगरपालिकाले विभिन्न वडामा यस्ता सीपमूलक तालिम सञ्चालन गरेर जनतालाई प्राविधिक रूपमा दक्ष बनाउने काम गर्दै आएको छ।,”उहाँले भन्नुभयो तालिम मात्रै लिने र सिकेको सीपलाई ब्यवहारमा प्रयोग नगर्नेहरु धेरै देखिएको जनाउँदै उहाँले हरेक मानिसमा केही गर्ने इच्छा हुनुपर्ने बताउनुभयो। 'हामी काम भएन भनेर समय खेर फाल्छौँ,केही सीप सिक्दैनौ' उहाँले भन्नुभयो,'सीप सिकेपछि बेरोजगार बस्नु पर्ने समस्या हट्छ,घरमै बसेर व्यवसाय गर्ने र आर्थिक उपार्जनको बाटो खुल्छ।'हरेक महिला व्यवसायिक र आत्मनिर्भर नबनेसम्म जीवन निर्वाहको मार्ग नखुल्ने उहाँले बताउनुभयो।
त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष नरेन्द्र पुन ले नगरपालिका मार्फत सञ्चालन भैरहेको तालिमले ग्रामिण क्षेत्रका महिलाहरुलाई उद्यमशील र उद्यमी बनाउदै स्वरोजगार तर्फ उन्मुख बनाउन प्रेरित गरेको बताउनुभयो।
तालिम सिकेर आत्मनिर्भर बन्न सहभागीलाई आग्रह समेत गर्नु भएको थियो।
महिलालाई स्वाभलम्वी तथा आत्मनिर्भर बनाउने उद्देश्यले प्युठान नगरपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम(मेड्पा)अन्तर्गत सो तालिमको आयोजना गरिएको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार बुटिक जडान गर्न सिकाइने मात्र छैन,सीप सिकाएर व्यवसायीक रुपमै उद्यमी बनाउनु लक्ष्य राखिएको छ।
बुटिक तालिमका प्रशिक्षक बालिका बरालले बुटिकको बजार माग निकै राम्रो रहेको बताउनुभयो। बुटिक तालिमलाई साँच्चै व्यवहारमा उतार्न सके कोहीले पनि आर्थिक समस्या झेल्न नपर्ने बताउनुभयो।उद्घाटन कार्यक्रममा वडा नम्ब ६ का वडा सदस्य इमान सिह पुन,आर्थिक बिकास शाखा प्रमुख चन्द्र जि.सि लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो।
आयआर्जनमा आधारित सीप मुलक तालिममा पछिल्लो समय पुरुषभन्दा महिलाको उपस्थिती राम्रो छ।बुटिकको बजार माग पनि राम्रो छ।बुटिक कलालाई राम्रो फिनिसिङ दिन सक्ने हो भने घरमै बसेर पनि महिनामा मनग्गे कमाई गर्न सकिन्छ ।
प्रतिक्रिया राख्नुहोस्