धेरै ठाउँमा बर्षा र हिमपात

पश्चिमी न्युन चापिय प्रणालीको प्रभाव

धेरै ठाउँमा बर्षा र हिमपात

काठमाडौं पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले हाल देशका धेरैजसो स्थानहरुमा हल्का देखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमालीका अधिकांश भू-भागमा हिमपात भइरहेको छ । मौसममा भएको बदलीको प्रभाव भोली पनि जारी रहने जल तथ मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको हुने छ भने उच्च पहाडी तथा हिमाली भू-भागका अधिकांश स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। तर भोली देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । मध्य र पूर्वी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ । शनिबार दिउँसोबाट मौसममा सुधार आउने पूर्वानुमान महाशाखाले गरेको छ । शनिवार देशका पूर्वी र मध्य पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ । अहिले बर्षा र हिमपातका कारण जाडो बढ्ने हुनाले चिसोबाट जोगिने उपाय अपनाउनु जल तथा मौसम पूर्वानुमान महाशाखाले सबैमा अनुरोध छ । काठमाण्डौ उपत्यकामा पनि हल्का बर्षा भइरहेको छ । बर्षा भइरहेपनि आज विहानको तापक्रम भने ६ दशमलव १ डिग्रि सेल्सियस मापन गरिएको छ ।।