दुर्बाङ - दाङबाङ क्षेत्रमा आवश्यक विकासका पूर्वाधारहरू निर्माण गर्छाैं : सांसद थापा 

दुर्बाङ - दाङबाङ क्षेत्रमा आवश्यक विकासका पूर्वाधारहरू निर्माण गर्छाैं : सांसद थापा 

अर्जुन भुसाल

अर्घाखाँची,धेरैलाई लाग्दाे हाे,नेकपा एमालेले सञ्चालन गरेकाे "मिसन ग्रासरूट" अभियान पार्टी भित्रै सिमित कार्यक्रम हाे। पार्टीले अघि सारेकाे  याे अभियानमा अन्य दलहरूसँग विभिन्न विषयमा सुझाव लिने र विकासका सबालमा छलफल गर्ने लक्ष्य लिइएको छ । 
अभियान अन्तर्गत भुमिकास्थान ६ दुर्बाङमा आयाेजना गरिएकाे कार्यक्रममा साे क्षेत्रकाे विकासका सवालमा सर्वदलीय छलफल भयाे । अभियानमा भुमिकास्थानमा पार्टी केन्द्रबाट खटिनुभएका प्रतिनिधि तथा प्यूठानका प्रतिनिधिसभा सांसद सुर्य थापाले निमन्त्रणा गरेपछि कांग्रेस,माओवादी केन्द्र र राजमाेका स्थानीय नेताहरू कार्यक्रममा सहभागी बनेका हुन। उनीहरूले दुर्बाङ- दाङबाङ क्षेत्र  विकासमा निकै पछाडी परेकाे भन्दै सांसद थापाले याे क्षेत्रकाे विकासमा भूमिका खेल्नेमा आफूहरू आशावादी रहेकाे बताए।माओवादी केन्द्र ऐरावतीका अध्यक्ष दाेर्ण प्रसाद पाण्डे,कांग्रेसबाट निर्वाचित ऐरावति १ का वडा अध्यक्ष अमर रेस्मीले याे क्षेत्रकाे विकासमा हाल सम्म कुनै नेताले पनि प्रभावकारी भूमिका खेल्न नसकेको गुनासाे गर्दै प्यूठानका सांसद थापाबाट यस क्षेत्रका जनताले धेरै आशा गरेकाे बताउनुभयो। उहाँहरूले यस क्षेत्रकाे विकासका लागि दुबै जिल्लाबाट निर्वाचित सांसदहरूले पहल गर्नुपर्ने बताउनुभयो।यहाँ हाल सम्म दुर्बाङ- दाङबाङ वारीपारी गर्न माेटरेबल पुल छैन । पुल नहुँदा यहाँका नागरिकले निकै सास्ती भाेग्नुपरेकाे छ । स्वास्थ्य चाैकी नहुँदा उपचार गर्न टाढा  पुग्नुपर्ने बाध्यता छ । कक्षा ३ सम्म पढाइ हुने विद्यालयलाई यस अघिका नगर प्रमुख रेशम थापाले पाँच कक्षा सम्म पुर्याउनुभएकाे छ । उहाँकै निरन्तरको पहलले सडक निर्माणले गति लिँदै छ । थ्रि फेज विद्युत लाइन नहुँदा खानेपानी तथा सिंचाइकाे लागि लिफ्टिङ गर्ने सुविधा छैन।पूर्व नगर प्रमुख थापाले यहाँका समस्याहरूबारे आफू जानकार  रहेकाे भन्दै आफ्नाे कार्यकालमा सक्दाे काम गरेकाे बताउनुभयो ।प्रदेश सांसद रामजी प्रसाद घिमिरेले प्रदेश सरकारबाट सिंचाइ कुलाे निर्माण गरिएकाे भन्दै बाँकी समस्या हल गर्न दुबै जिल्लाका प्रतिनिधिसभा सांसदहरूसँग आफू पनि सँगसँगै हिड्ने बताउनुभयो।प्यूठानका प्रतिनिधिसभा  सांसद थापाले पर्यटकीय संभावना बाेकेकाे यस क्षेत्रकाे विकासका लागि आफूले कुनै कसर बाँकी नराख्ने बताउनुभयो।उहाँले पुल निर्माण,स्वास्थ्य चाैकी स्थापना, विद्यालयमा कक्षा वृद्धि र  विद्युतकाे समस्या हल गर्न पहल सुरू गर्ने बताउनुभयो । उहाँले महत्वका आधारमा क्रमैसँग काम अघि  बढाइने भन्दै निश्चिन्त रहन आग्रह गर्नुभयो ।