प्यूठान,प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले नेकपा (एमाले) प्रतिको जनलहरमा कुनै कमी नआएको बताउनुभएको छ। उम्मेदवार थापाले नौबहिनी गाउँपालिकाको स्याउलिवाङबाट सुरु गरेको निर्वाचन प्रचार अभियान कार्यक्रममा सम्बोधन गर्दै मतदातामा एमालेप्रति भरोसा र विश्वास दिनप्रतिदिन बढ्दो देखिएको उल्लेख गर्नुभयो।
माघ १७ गते सरुमारनी गाउँपालिकाबाट सुरु भएको मतदाता भेटघाट अभियान हाल प्रचार अभियानसम्म आइपुगेको छ र दिनप्रतिदिन मतदाताको सहभागिता बढ्दै गएको उम्मेदवार थापाले जानकारी दिनुभयो। उहाँले सरुमारनी गाउँपालिका, माण्डवी गाउँपालिका, स्वर्गद्वारी नगरपालिका, ऐरावती गाउँपालिका र मल्लरानी गाउँपालिकामा पुगेर आधा प्यूठानका बस्तीहरूमा मतदातासँग भेटघाट गर्नु भएको थियो।
भेटघाटका क्रममा थापाले पार्टीका दृष्टिकोणहरू राख्दै मतदातालाई मतदानका लागि अनुरोध गर्नु भएको थियो। नौबहिनी गाउँपालिकाको केन्द्र बाहानेमा निर्वाचन प्रचार टोलीलाई स्थानीयहरूले मंगलबार विहान पञ्चेबाजा र फूलमालासहित स्वागत गरेका थिए।
एमाले नौबहिनीका अध्यक्ष शेर बहादुर सेनले जानकारी दिनुभयो कि, वडा नं. १ स्याउलिवाङ र वडा नं. २ लिघामा प्रचार–प्रसार कार्यक्रममार्फत उम्मेदवार र मतदाता बीच अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ।
प्रतिक्रिया राख्नुहोस्