राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाले एक कार्यक्रम बिच ६० जना किसानलाई निशुल्क कुखुराका चल्ला बाँडेको छ।
प्युठान नगरपालिका आर्थिक बिकास संयोजक तथा प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले ले लियर्स जातका १ हजार २ सय चल्ला वितरण गरिएको बताउनुभयो।
प्युठान नगरपालिका अन्तर्गत २,३ र ६ नम्बर वडाका अति बिपन्न परिबारलाई ब्यबसायमा जोड्ने उद्देश्यले नगरपालिका मार्फत “ यी वडाबाट २०/२० जनाले २० का दरले चल्ला पाउनुभएको छ,कुखुरापालन बाट व्यावसाय उन्मुख बनाउन नि:शुल्क चल्ला उपलब्ध गराइएको हो”,अध्यक्ष श्रेष्ठलेले भन्नुभयो ।
प्युठान नगरपालिका कृषि र पशुपन्क्षीमा सम्भावना रहेको भन्दै आधुनिक व्यवसायिक कृषिको थालनी गर्ने किसानलाई कृषि क्षेत्र बाटै उद्यमशील बनाउने,महिला उद्यमी र युवाहरुलाई स्वरोजगारका कार्यक्रम सञ्चालन गर्ने नीति सहितका कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको बताउनुभयो ।
श्रेष्ठले सिमित स्रोत र साधनका विच पनि जनताको सुख, दुःखमा संगै रहेर अघि बढ्ने प्रतिबद्धता गर्नु भएको छ।“हामी शासक होईन, सेवक हौं। जनताको सहजताको लागी केही गर्न आएका हौं ।सिमित स्रोत र साधनका विच पनि ५ बर्ष सम्म हामी जनताको सुखदुखमा रहेर अघि बढ्ने छौं।” श्रेष्ठले भन्नुभयो।सेवालाई सहज गराउन जनता संग सहकार्य गरेर अघि बढ्ने बताउँदै निस्पक्ष ढंगले अघि बढ्ने छु भन्नुभयो।“हामी हिजो उम्मेदवारको रुपमा कुनै पार्टी बाट थियौं । निर्वाचित भए पछि हामी सबैको साझा व्यक्ति हौं।हरेक क्षेत्रमा काम गर्दा पनि सबैलाई समान व्यवहार गरेर हिडेको हुँ।श्रेष्ठले स्पष्ट पार्नु भयो।
उक्त शिर्षकमा नगरपालिकाको रु २ लाख ६१ हजार खर्च भएको नगरपालिकाका पशुपन्क्षी शाखा प्रमुख गिरिराज पौडेलले जानकारी दिनुभयो।
नगरपालिकाले सम्बन्धित वडा बाट किसानलाई चल्ला सहित किसान लाई फिडर,डृन्कर,औषधि र दाना समेत उपलब्ध गराएको हो।

प्रतिक्रिया राख्नुहोस्