राम बहादुर बिश्वकर्मा
प्युठान,नेकपा (एमाले) को 'ग्रास रुट' अभियान अहिले देशभर जारी छ।
गत २६ माघमा बसेको एमाले स्थायी कमिटीको बैठकले ग्रास रुट अभियान सुरु गर्ने निर्णय गरेसंगै यो अभियान सुरु भएको हो।यता एमाले जिल्ला कमिटी प्युठानले जिल्लाका ९ वटै स्थानीय तहमा अभियानलाई तीब्रता दिएको छ।सो अभियान अन्तर्गत प्युठान नगरपालिका वडा नम्बर ९ वडा कमिटिले मरन्ठाना बुढादेबीमा कार्यक्रम सम्पन्न गरेको छ।
नेकपा एमाले जिल्ला कमिटी प्युठानका सचिबालय सदस्य दिल बहादुर थापा को प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो।
वडा कमिटी अध्यक्ष जित बहादुर के सि को अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी थापाले पार्टी संगठन ब्यबस्थापन बारेमा प्रशिक्षण दिदै एमाले मात्रै देशको बिकास चाहाने र जनताको भलो सोच्ने पार्टी भएकाले सबैले एमालेमा एकबद्ध भएर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।
पार्टी सुदृढीकरणका लागी पार्टीका हरेक जनबर्गीय संगठनहरुले चलायमान हुन आवश्यक रहेको कुरा समेत औंल्याउनु भयो ।
कार्यक्रममा बोल्दै नेकपा एमाले जिल्ला कमिटी सचिबालय सदस्य दिपेन्द्र के सि ले ग्रासरुट अभियानको उद्देश्यका बारेमा प्रस्टाउनुभएको थियो।
साथै उहाँले पार्टी भित्रकै जिम्मेवार ब्यक्तिहरुले कुठाराघात गरेका कारण आफुले चुनाव हारेकाे तर जनताकाे काम गर्नलाई चुनाब जित्नु मात्रै सबै नभएको भन्दै आफुलाइ जनताले गरेकाे विश्वासलाई सधै आत्मसाथ गरिरहने बताउनु भयाे।साथै यस ग्रासरुट कार्यक्रमले जराेदेखिनै फिल्टर गरेर पार्टी सुदृढीकरण हुनेमा आफु विश्वस्त रहेकाे र आम कार्यकर्ताहरुलाई पनि विश्वस्त हुन आग्रह गर्नुभयाे।
कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य नेहरसिह के सि,प्युठान नगरपालिका नगरकमिटी का उपाध्यक्ष धुर्ब जि सि लगायतले विभिन्न नेता तथा कार्यकर्ताको सहभागिता रहेको बताईएको छ।
यसैबीच कृष्णा सुनार अध्यक्ष रहने गरी १३ सदस्यीय टोल कमिटि गठन गरेको छ। जसमा उपाध्यक्ष केशवराज पण्डित,सचिब कैलाश के सि,उपसचिव शान्ता नेपाली रहनुभएको छ।
त्यस्तै सदस्यहरुमा सुशील भण्डारी,नमा खड्का,शुसिला के सि,दुजमान नेपाली,सुन्तलि के सि,बिना के सि,गिता सुनार लगायत रहनुभएको छ।
नव गठित उक्त वडा कमिटीले संगठित सदस्य बढाउने, सदस्यता नविकरण गर्ने लगायतका अन्य निर्णय गरेको छ।
प्रतिक्रिया राख्नुहोस्