महिलालाई उद्यमशील बनाउन ढाका तथा मखमलको चप्पल बनाउने तालिम सञ्चालन

महिलालाई उद्यमशील बनाउन ढाका तथा  मखमलको चप्पल बनाउने तालिम सञ्चालन

सीता बि.क
प्युठान,प्युठान नगरपालिकाले ढाका तथा मखमलको चप्पल बनाउने पुन: ताजकी तालिम सञ्चालन गरिएको छ । 
१० दिने तालिमको सोमबार एक कार्यक्रमका बीच बिजुवारमा नगर प्रमुख बिष्णु योगिले उद्घाटन गर्नुभयो।
तालिम उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख योगिले बस्तु उत्पादनमा लागत कम गर्दै मात्रात्मक सङ्गै उत्पादित बस्तुको गुणस्तर कायम गर्नुपर्ने बताउनुभयो। चप्पल बनाउने सिपमूलक तालिमले महिलाको क्षमता अभिवृद्धिसँगै सिप विकासमा महिलालाई जोड्न सके परनिर्भर हुन नपर्ने बताउनुभयो।
सिप सिकेर व्यवसायीक रुपमा अगाडी बढ्न सके आयआर्जन गर्न सकिने भएकाले अनुशासित भएर सिप सिक्न सहभागीलाई अनुरोध गर्नुभयो। महिलाहरु पुरुषसँग प्रतिष्पर्धा गर्ने हुनका लागि आर्थिक रुपमा सक्षम हुन जरुरी रहेको बताउनुभयो।आँफु सक्षम भइयो भने आफ्नो स्व निर्णयले काम गर्न सकिने उहाको भनाई थियो । तालिममा प्युठान नगरपालिका वडा नम्बर ४ का ७ जना महिला सहभागी भएका छन् । सहभागीहरुलाई प्रशिक्षक निशा बिश्वकर्माले विभिन्न किसिमको चप्पल बनाउन सिकाउनुहुनेछ ।
गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम(मेड्पा) अन्तर्गत चालु आर्थिक बर्षको सिप विकास कार्यक्रम बाट स्तर उन्नति तर्फ उद्यमि लाई चप्पल बनाउने उक्त पुर्न ताजकी  तालिम सञ्चालन गरिएको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले बताउनुभयो।नगरपालिकाले उद्यमशिलता तथा सिप विकासलाई प्राथमिकताका साथ राखेर तालिम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो।त्यस्तै प्युठान नगरपालिकाका नगर प्रबक्ता सुमन श्रेष्ठले तालिम तालिमका लागि मात्र सिमित नहुने बताउनुभयो। तालिमका क्रममा प्राप्त गर्ने सीप व्यवाहारीक रुपमा उतार्न सकेमात्र प्रशिक्षार्थी माथि गरिएको लगानीको सदुपयोग हुने श्रेष्ठले बताउनुभयो'तालिम पश्चात अपेक्षित उपलब्धी हासिल गरी सम्बन्धित विषयमा दक्ष जनशक्ति उत्पादन गर्न सकिए मात्र तालिमको उपयोगिता बढ्छ' उहाँले भन्नुभयो।तालिम पश्चात उत्पादित सामानको बजारीकरण,उत्पादनको लागि आवश्यक कच्चा पदार्थको व्यवस्थापन सम्मको चक्र सही रुपमा भएमात्र सीपको प्रभावकारीता बढ्ने र दीगो हुने श्रेष्ठको भनाई थियो साथै उहाँले बजारको माग अनुसार उत्पादन गर्न पनि महिलाहरुलाई सुझाव दिनुभयो।

प्युठान नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रेशम कार्कीको अध्यक्षता बाट सुरु भएको कार्यक्रममा आर्थिक बिकास शाखा प्रमुख तथा कार्यक्रमका फोकल पर्सन चन्द्र जि सि ले तालिम पस्चात व्यवहारिकता दिन आग्रह गर्नुभयो।