कृषि क्षेत्र निर्वाहमुखी होइन आम्दानीमुखी  हुनुपर्छ : मुख्य मन्त्री गिरी

कृषि क्षेत्र निर्वाहमुखी होइन आम्दानीमुखी  हुनुपर्छ : मुख्य मन्त्री गिरी

राम बहादुर बिश्वकर्मा
प्युठान,लुम्बिनी प्रदेशका मुख्य मन्त्री लिला गिरीले कृषि क्षेत्र निर्वाहमुखी रहेको बताउनुभयो।
बिहीबार स्वर्गद्वारी प्युठान महोत्सवको उद्घाटन गर्दै गिरीले सो धारणा राख्नुभएको हो।
नेपालले आफ्नो कृषि उत्पादनलाई निर्वाहमुखीबाट व्यावसायिक र उत्पादकत्व बढाएर आयात प्रतिस्थापन नगरेसम्म राष्ट्रको आर्थिक उन्नति सम्भव नहुने  बताउनुभयो।

हामिले हरेक वर्षको नीति तथा कार्यक्रम,बजेट,योजना,सरकारको घोषणापत्रहरूमा कृषिबाट समृद्धि भन्ने कहिल्यै छुुटाएनौँ,तर कृषिमा कुनै परिवर्तन आउन सकेन कृषक घाटामा जाने सेवा क्षेत्र नाफामुखी बन्दै गइरहेको पनि उहाँले बताउनुभयो ।उहाँले राजनीतिक व्यवस्था बदल्यौ तर आर्थिक व्यवस्था पुरानै ढाँचा र लयमा हिँडिरहेको आजको वास्तविकता रहेको पनि बताउनुभयो ।
कृषि उत्पादनमा गुणात्मक र परिमाणात्मक फड्को मार्न तीनै तहका सरकारले अल्पकालीन र दीर्घकालीन व्यावहारिक योजना ल्याउन आवश्यक छ।,कृषिमा आधारित अर्थतन्त्र रहेको हाम्रो देशमा बहुसङ्ख्यक जनता कृषिमा संलग्न रहेको उल्लेख गर्दै उहाले भन्नुभयो, “कृषि उत्पादनले संरक्षण नपाउँदा एकातिर कृषि पेसाप्रतिको विकर्षण बढ्दो छ भने अर्कोतिर व्यावसायिक किसानले उत्पादित वस्तुको उचित मूल्य नपाएको अवस्था छ ।”
विश्वको विभिन्न क्षेत्र तथा मुलुकहरुमा देखिएको तनावले अर्थव्यवस्थालाई प्रभावित पारेको उहाँको भनाई छ । त्यस्तै कार्यक्रमा प्यूठान प्रदेश सभा १ का सासद तथा लुम्बिनी प्रदेशका कृषि तथा भूमि व्यबस्थापन मन्त्री तुल्सिराम शर्माले नेपालको कृषि क्षेत्र अझै पनि परम्परागत रुपमा खेती भइरहेको बताउनुभयो। परम्पारागत खेतीलाई हटाउने कृषिलाई आधुनिकीकरण तथा यान्त्रीकरणमा लैजाने नीति अगाडी बढाउनेछु। उहाँले भन्नुभयो "-सरकारले नीति नियम मात्र बनाउने होइन काम पनि गर्दछ । त्यसैले मन्त्रालयले कृषिमा कसरी आत्मनिर्भर हुने भन्ने कुरालाई जोड दिएर विभिन्न कार्यक्रमको शुरुवात गर्नेछ ।’
प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष पशुपतिनाराण नकर्मीको अध्यक्षता वरिष्ठ उपाध्यक्ष प्रमोद पोख्रेलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको संचालन संघका महासचिब शन्देश आचार्यले गर्नुभएको थियो। प्युठान नगरपालिका ४ बिजुवार स्थित गणतान्त्रिक खेल मैदानमा संचालित स्वर्गद्वारी प्युठान महोत्सव फाल्गुन १४ गते सम्म चल्ने छ।