सीता बि.क
प्युठान,कृषि पर्यटन र उद्योगको व्यापार प्रर्वदन गर्न भन्दै प्युठानमा यहि फाल्गुन ४ देखि १४ गते सम्म सञ्चालन हुने पाचौं स्वर्गद्वारी प्युठान महोत्सवको तेस्रो दिन शनिबार बद्री पङ्गेनी,सम्झना लामिछाने मगर,अन्जली अधिकारी,बिमला अधिकारी,राशी रिजाल आउने भएका छन।

११ दिन सम्म गणतान्त्रिक खेल मैदान बिजुवारमा चल्ने महोत्सवमा राष्ट्रिय स्तरमा बिभिन्न बिधामा चर्चाको शिखरमा रहेका कलाकारहरुसँगै प्युठान जिल्लाबाट पनि राष्ट्रिय स्तर र स्थानिय कलाकारहरुको प्रस्तुति रहने महोत्सवको साँस्कृतिक कार्यक्रम संयोजक प्रमोद पोख्रेलले जानकारी दिए ।
महोत्सवमा हुँने साँस्कृतिक कार्यक्रममा फागुन ७ गते प्रचण्ड जि सि,पशुपति शर्मा,टीका प्रसाइ,लेखराज गुरुङ,दिपु पुनमगर,८ गते रचना रिमाल,शान्ति श्री परियार दिपु पुन मगर,बिनाेद परियार,९ गते राधिका हमाल,महेश काफ्ले,दिपु पुनमगर,करन तामाङ,फागुन १० गते रमेस राज भट्टराई सुकदेव अधिकारी,माेहन नेपाली रहेका छन् ।
त्यस्तै ११ गते ज्याेति मगर,एलिना चाैहान,बिक्रमबाबू बिस्वकर्मा,सिमाना बिस्वकर्मा,मञ्जु पाैडेल, फागुन १२ गते बबिता बानिया जेरि,कमल खत्री,चित्र अबिरल,मञ्जु पाैडेल,१३ गते उर्गेन डाेङ,सुवास स्वार,शितल शर्मा,बेगम नेपाली भटभटे फागुन १४ गते हेमन्त शर्मा,मानसराज,जीवन शर्मा लगाएत कलाकारकाे प्रस्तुति रहने छ ।
संयोजक पोख्रेलका अनुसार अरु थप प्युठाननि कलाकारहरु राखिएको बताए ।
प्रतिक्रिया राख्नुहोस्