दीपेन्द्र सुनार
प्युठान,ने.क.पा एमालेका पोलिट्ब्युरो सदस्य् तथा प्रतिनिधि सभाका उम्मेदवार सुर्य थापाले चाल्नेटारमा विमानस्थल निर्माण गरेरै छाड्ने प्रतिबद्धता गरेका छ्न।
शुक्रबार स्वर्गद्वारी नगरपालिकाको ६,७,र ८ नम्बर वडाको चुनावी सभालाई सम्बोधन गर्दै थापाले एमालेले परिकल्पना गरेको स्वर्गद्वारी को चाल्नेटार विमानस्थल निर्माण गरेरै छाड्ने बताएका हुन।
पुर्व अर्थमन्त्री बिष्णु पौडेलले बि.स. २०७८/२/१५ गते ल्याउनुभएको बजेट वक्तव्यमा स्वर्गद्वारी विमानस्थल निर्माण गर्न जग्गा अतिक्रमण लगायत अन्य समस्याहरु भएको ती समस्याहरु समाधान गर्नका लागि आवश्यक ब्यावस्था र बुदा राख्नका लागि आफुले झण्डै ८ करोडको ब्याबस्था मिलाउन आफुले ठूलो योगदान रहेको थियो। तर पछि उक्त बजेट र बुदा गठबन्धन सरकारले प्रतिस्थापन गरि बजेट काटेयो। तर पनि आफ्नो र एमालेको चाल्नेटारमा विमानस्थल सन्चालनमा ल्याउने सपना रहेकाले विमानस्थल जसरी नि संचालनमा ल्याउने ठकुवा गरेका हुन।
एमाले प्युठान जिल्ला इन्चार्ज समेत रहेका थापाले स्वर्गद्वारीको चाल्नेटारमा जगा व्यावस्थापन भएसङ्गै सके ७२ सिट नभए ४२ सिट क्षमता भएको विमानस्थल लखनउ बाट त्यस्तै बनारस,विराटनगर,भैरहवा ,पोखरा , नेपालगन्ज , र काठमाडौ बाट मान्छेहरु स्वर्गद्वारी घुम्न आउदा त्यहाँका जनसमुदायको जिविकापार्जनमा टेवा पुग्ने विश्वास व्याक्त गरेका छ्न।
प्रतिक्रिया राख्नुहोस्