जसपा नेपाल प्युठान पुनर्गठन,अध्यक्षमा गहतरा

प्युठान,जनता समाजवादी पार्टी,नेपाल  जिल्ला समिति प्युठान पुनर्गठन भएको छ।शनिबार प्युठानमा आयोजित कार्यक्रमबाट श्याम गहतराजको अध्यक्षतामा जिल्ला कमिटीको गरिएको हो।समितिको उपाध्यक्षमा केशव के सि,खिमा के.सि र रचना थापा रहेका छन् ।
समितिको  सचिवमा  प्रकाश सुबेदि,सह-सचिब दिपक गिरी कोषाध्यक्ष श्रीराम पोखरेल रहेका छन् । 
पार्टी बिभाजन पछि जिल्ला सचिवालय र जिल्ला कमिटि सदस्यमा कुनै फेरबदल नभई पुरानो कमिटि नै यथावत रहेको अध्यक्ष श्याम गहतराजले जानकारी दिए।
७ जनाको सचिवालय सहित  २६ जनाको जिल्ला कमिटि सदस्य सहित पुर्नगठन गरी जिल्ला इन्चार्जको जिम्मेवारी दान बहादुर बस्नेतलाई तोकिएको जसपाले जनाएको छ।