एमालेबाट लुम्बिनी प्रदेश उमेदवारमा  शर्मा सर्वसम्मत चयन

प्युठान,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तुल्सीराम शर्मा लुम्विनी प्रदेशसभा सदस्यका लागि एकल उम्मेदवार सिफारिस भएका छन्।
आज सम्पन्न जिल्ला जिल्ला कमिटीको बैठकबाट उनको  नाम सर्बसम्मत रुपमा सिफारिस भएको हो।जिल्ला कमिटीका अध्यक्ष बिजय बिराज बिष्टको अध्यक्षता तथा नेकपा एमाले पोलिटव्युरो सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सूर्य थापाको प्रमुख अतिथ्यता,केन्द्रिय सदस्य तथा जिल्ला सह-इन्चार्ज हरि रिजाल,लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य तुल्सीराम शर्मा लगाएतको उपस्थितिमा सम्पन्न प्युठान निर्वाचन क्षेत्र न-१(क) समन्वय कमिटी तेस्रो बैठकले मंसिर ४ गते हुने निर्बाचनमा प्युठान क्षेत्र न १ को "क" बाट शर्माको मात्रै नाम सिफारिस गरिएको एमालेले जनाएको छ।
शर्मा नेकपा एमाले जिल्ला कमिटी प्युठानको नि बर्तमान अध्यक्ष हुन।