पुर्णिमा युवा संजालद्रारा तिजगीत प्रतियोगिता को आयोजना 

दीपेन्द्र सुनार 
प्युठानमा तिजगीत प्रतियोगिता हुने भएको छ। पुर्णिमा युवा संजाल झिमरुक गाउँपालिका वार्ड न १ प्युठानले तिजगीत प्रतियोगिता आयोजना गरेको हो।प्युठान,अर्घाखाँची र गुल्मीको संगम स्थल झिमरुक गाउँपालिका वार्ड न १ सौतामारे पोखरा छेडा बजारमा हिन्दु नेपाली दिदी बहिनी हरुको महान पर्व हरितालिका तिजको बिदाई संङ्गै यहि भाद्र १८ गते सनिवारका दिन तिजगीत प्रतियोगिताको आयोजना गरिएको क्लबले जनाएको छ।
उक्त प्रतियोगितामा आमा समुह , क्लव र बिधालयहरुले सहभागीता जनाउन पाउने छ्न।प्रतियोगितामा पुरस्कार पहिलो , दोर्स्रो ; तेर्स्रो र चौथो हुनेले क्रमशः छ हजार , चार हजार , तीन हजार , एक हजार पाँच सय सहित साथमा प्रमाणपत्र प्राप्त गर्नेछ्न।