शान्तराज गौतम
भ्युटावर उठ्यो,नागरिकको जिवनस्तर उठेन, होमस्टे बने, होम(घर)स्तर बढेन ।भ्युटावर को कसले विरोध गर्याे? राजनितिक कार्यकर्ता, विश्लेषक भनाउँदा वा अन्य ABCD ? उहाँहरुको कुरा छोडिदिनुस्।उहाँहरुले आफ्नो अनुकुल नभए विरोध गर्ने बानी नै परेको हुन्छ ।
तर भ्युटावर बनाउदाँ के नागरिक साँचिकै सन्तुष्ट छन् त ? के नागरिकले विरोध गरेका छैनन् त ?नागरिककाे विराेध छ भने सुनुवाइ हुनुपर्छ ।आफ्नो गाउँ वा नगर मा भ्युटावर बनाउदाँ त्यहाँका नागरिक कति प्रतिशत खुसि छन् ? यो हो महत्वपुर्ण विषय ।बहुमत स्थानिय नागरिक सन्तुष्ट र खुसि छन् भने बाहिरका नागरिकले बिरोध गर्नुको कुनै अर्थ म देख्दिन् । तुलसीपुरमा १९छिल्लीकोटको भ्युटार महत्वपुर्ण लाग्न सक्छ भने रोल्पालीलाई सातदोबाटोको भ्युटावर ,झापालीका लागि दमक भ्युटावर छिटो भैदिए हुन्थ्यो । अझ घोराहीको मनदिल भ्युटावरको महत्व पनि कमि छैन् ।
अब कुरा गरौ जताततै भ्युटावर बनाउँदा पनि बहुमत नागरिक किन खुसि छैनन् त ?
स्थानिय निकाय र तहमा राजनितिक नेतृत्वले गाउँपरिषद ,गाउँसभा र चुनावी सभामा पटक पटक नागरिकको जिवनस्तर माथि उठाउन कृषी र पर्यटन महत्वपुर्ण हुनेकुरा राजनितिक नेतृत्वले गर्ने गरेको र त्यसका लागि पर्यटन अन्तर्गत होमस्टे सन्चालन र भ्युटावर निर्माण गरी नागरिकको जिवनस्तर उकास्ने कुरा जोडतोडले प्रवाह गरिएको थियो ।
नयाँ जनप्रतिनिधि आएपछि धमाधम भ्युटावर ठडिन थाले र होमस्टे पनि बने तर ....भ्युटावर उठ्यो, नागरिकको जिवनस्तर उठेन, होमस्टे बने, होम(घर)स्तर बढेन । तसर्थ अब नागरिकको जिवनस्तर उठाउन तिर लाग्नु पर्छ भन्ने सन्देश आम नेतृत्वले बुझ्न जरुरी छ र तेसै अनुरुपको कार्यक्रम बनाउनु पर्दछ ।
अन्तमा भ्युटावर,केबुलकार, होमस्टे जस्ता पुर्वाधार सरकारले निर्माण गर्ने होइन PPP मोडेलमा सरकारको समन्वय र नियन्त्रणमा समुदाय र निजि क्षेत्रलाई दिइनुपर्छ भन्ने मेरो मान्यता हो ।
प्रतिक्रिया राख्नुहोस्