कार्यक्रम प्युठान छड्के खलंगा प्राथमिक स्वास्थ्य केन्द्र प्युठानमा डा: भोज बहादुर भण्डारीले हाम्रो टिमलाई गरे दुर्ववहार क्यामरा बन्द गर्न दादागिरी।
सीता बि.क
सोमबार सन्चार हब डटकम अफिसियल च्यानल नामक युट्युबमा युट्युबर जीवन हमालले अपलोड गरेको भिडियोको शीर्षक हो यो।
भिडियोको हाइलाइट्समै एक डाक्टरलाई युटुबरले थर्काएको राखिएको छ। सो भिडियोले दिन खोजेको शन्देस के हो भन्ने बारे दर्शक अन्योलमा छन,नत भिडियोमा सेवाग्राहीले सेवा पाउन नसकेको गुनासो छ न त डाक्टर सङ्ग प्रश्न गर्ने शैली छ नत शिष्टता,छ त मात्र धम्कीपुर्ण भाषा सो भिडियो अहिले विभिन्न फेसबुक सामाजिक सन्जालमा सेयर भइरहेको छ।त्यो भिडियोका कारण भोलिका दिनमा ती डाक्टरलाई कस्तो असर पुग्छ ? ख्याल गरिएको छैन।भिडियोमा एक युट्युबरले माइक समाएका छन्।जीवन हमाल नाम गरेका ती युट्युबरले खलंगा प्राथमिक स्वास्थ्य केन्द्र प्युठानमा कार्यरत भोज बहादुर भण्डारी लाई तपाईंको पोषाक खोइ?,तपाईंले मदिरा सेवन गरेर कार्यालय आउनुभएको छ? तपाईंको ड्युटी कति बजे सम्म हो?जस्ता प्रश्न गरेका छन्।डाक्टर भण्डारीले अप्ठ्यारो मान्दै ती प्रश्नको उत्तर बताएका छन्।
मलाई कहिले पनि माइकमा बोलेको अनुभव थिएन मान्छे कुन बेला कस्तो अबस्थामा हुन्छ,के सोचाईमा हुन्छ जुन बेला म शौचालय गएको थिए जब सौचालय बाट बाहिर निस्किए तब एकाएक मेरो अगाडि माइक तेर्साएर धम्किपुर्ण तरिकाले केरकार गर्न सुरु भयो कार्य कक्षमा बसेको खोइ भनेर प्रश्न आयो कुन हो तपाईं भनेर बुझ्न प्रयास गर्न पुगे उनले भने म पत्रकार जीवन हमाल त्यसपछि उनको व्यबहार बाट पत्रकार जस्तो लागेन र परिचय पत्र नियाल्न पुगे उनको भाषा थियो मात्र धम्किपुर्ण डाक्टर भण्डारीले पैरवी अनलाइनलाई बताए।ब्यक्तिगत जीवन जसको पनि हुन्छ डाक्टर भएर शौचालय जान पाइदैन ?,यस्तो हर्कद किन चिकित्सा पेशा भनेको २४ घण्टा खट्नुपर्ने हुन्छ प्यासेन्टको अवस्था बुझ्न छिनछिनमा घुमिरहनुपर्ने हुन्छ यस्ता कुरा नबुझ्ने युटुबेलाई राज्यले नियन्त्रण गर्न पर्छ कि पर्दैन भण्डारी भन्छन्–"रिपोर्टिङका नाममा मेरो चरित्र हत्या भयो।"
दादागिरी डाक्टरले होइन बरु युटुबरले गरे जस्तो लाग्यो कुनै व्यक्तिको चरित्र हत्या गर्नु समाजिक अपराध हो।
युट्युबरले आफूले निकै ठूलो साहासिक काम गरेको झैँ सगौरव छापा मारेको बताएका छन्।शिर्षकमा लेखिएजस्तै डाक्टर कार्यरत कार्यालयको शौचालय बाहिर कुरेर उनले छापा मारेका हुन।एक्कासि थर्काउने शैलीमा युट्युबर हमाल केरकार गर्छन् डा:भण्डारीले के अपराध गरे ?
प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना पाखाचिती स्थायी घर भई करिब दुई बर्ष देखि खलंगा प्राथमिक स्वास्थ्य केन्द्र प्युठानमा सेवारत डा:भण्डारी सानै देखि कम बोल्ने धेरै सुन्ने स्वभावको ब्यक्तित्वले परिचित छन् । उनमा नत राजनीतिक आस्था छ नत कुनै घमण्ड छ मात्र उनी सधै निस्वार्थ भावनाले आफ्नो काम र जिम्मेवारी प्रती बफादार हुन्छन्।
कार्यक्रम प्युठान छड्के खलंगा प्राथमिक स्वास्थ्य केन्द्र प्युठानमा डा: भोज बहादुर भण्डारीले हाम्रो टिमलाई गरे दुर्ववहार क्यामरा बन्द गर्न दादागिरी।
यो कस्तो खालको रिपोर्टिङ हो केही बुझ्न सकिएन सोही बिषयमा सम्बन्धित रहेर सामाजिक संजालमा धेरै प्रतिक्रिया आइरहेका छ्न। जस अन्तर्गत रहेर मैले पनि प्रतिक्रिया व्यक्त गरेको थिए यहाँ उल्लेख गरिएको छ उक्त प्रतिक्रियाको सार संक्षेप:
यो मानिसको हत्याभन्दा पनि ठूलो हत्या हो।मलाई लाग्छ उहाँ अत्यन्तै सरल,इमानदार र पाएको जिम्मेवारी प्रती पुर्ण बफादार बन्ने डा:हुनुहुन्छ,किनभने उहाँको बोली बाट नै प्रष्ट हुन सकिन्छ हरेक ब्यक्तिको आफ्नै ब्यक्तिगत जीवन हुन्छ,मेसिन उपकरण लाई त आराम चाहिन्छ मान्छेलाई आराम नचाहिने भन्ने हुन्छ र?डाक्टर कर्मचारीलाई सौचालय जान नपर्ने,खाजा खान नपर्ने,यताउता गर्न नपाईने भन्ने कुरा कहाँ छ ? १० देखि ५ बजे सम्म कार्यालय समय होइन?भन्ने प्रश्नमा अत्यन्तै गम्भीरताका साथ भन्नुभएको छ हाम्रो ड्युटी २४ सै घण्टा हो सिफ्ट वाइज जिम्मेवारीमा खटेका हुन्छौं उहाँले भन्नुभएकै छ।अब रह्यो के तपाईं कर्मचारी हो पोषाक खै ? हुन त हो कर्मचारीको पहिचान भनेको कर्मचारी पोषाक हो कुनै दिन कुनै कारणले पोषाक नलगाउन पनि सकिन्छ कर्मचारीले पोषाक लगायो लगाएन गौण इश्यु हो तर सम्बन्धित कार्यालय बाट सेवाग्राहीले कस्तो सेवा पाए,सास्ती हैरानी भोग्न बाध्य छन कि छैनन् जस्ता मुख्य इस्यु हुनुपर्छ सौचालय बाट कतिबेला निस्कन्छ भनेर एक्कासि छापामार शैलीमा क्यामरा तेर्साउने,धम्काउने गर्दा तपाईं को हुनुहुन्छ भनेर जान्नका लागि परिचयपत्र हेरौं भन्दा कसरी भयो दुव्र्यवहार ?यहि हो लोकतन्त्र?कर्मचारी हो या नागरिक आफ्नो बिचार राख्नै नपाइने त पक्कै होइन होला नि ?एक्कासि किन मलाई यस्तो दुव्र्यवहार भन्न पनि नपाउने हुन्छ र लोकतन्त्रमा? यदि डाक्टर,कर्मचारीको ठाउँमा यस्तो हर्कद गर्ने युटबर हुन्थ्यो भने यो अबस्थामा के गर्थ्यो होला ? तपाईले यहाँको बस्तुगत अबस्थाका बारेमा म सङ्ग बुझ्न पाउनुपर्छ सुचनाको अधिकार सबैलाई हुन्छ धम्काएर होइन सहज बाताबरणमा प्रश्न सोध्नुस भन्दै गर्दा कसरी भयो दुव्र्यवहार?औषधी दिने काम सिस्टरले हो कि फर्मासिष्टले?राखेको उक्त प्रश्न ठिक छ तर यो प्रश्न डाक्टर सङ्ग सोध्न उपयुक्त छ ? डाक्टर त एउटा कर्मचारी नै हो कार्यालयको जिम्मेवारी भयो भन्दैमा सबै कर्मचारी ब्यबस्थापन गर्ने जिम्मेवारी उसको हो? खै त कार्यालय प्रमुख र स्थानीय सरकार प्रमुख सङ्ग सोधेको नेपालमा धेरै जसो स्वास्थ्य सस्था सिमित स्रोत साधनले चलेका छन केन्द्र,प्रदेश र स्थानीय सरकारले प्रयाप्त कर्मचारी ब्यबस्थापन गर्न नसक्नु दु:खद पक्ष हो जुन कुरा उहाँले खुलेर भन्नुभएको छ।
के तपाई मदिरा सेवन गरेर कार्यालय आउनुभएको त छैन?युटबरले यस्तो प्रश्न गर्ने सक्ने आधार के? युटबरलाई जे प्रश्न गर्न पनि छुट छ ? नितान्त चिकित्सा क्षेत्रमा मात्र तल्लीन भएर कोर्ष पूरा गरि आयोग लडेर आएका यस्ता डाक्टरहरु हरेक क्षेत्रमा जानकार हुन्छ्न भन्ने सोच्नु गलत हुन सक्छ डाक्टर कर्मचारी सम्बन्धित क्षेत्रमा जानकार हुन्छन् नै उनिहरुमा बाह्य कुरा माथी जानकार कम हुन सक्छ भलइ तपाईं युटुबर जस्तो फरफर बोल्न सक्नुभएको छैन त्यसैले उहाँलाई बोल्न असज हुनु स्वभाबिक हो फरर बोल्न सकेन भनेर जे पनि बोल्न त मिलेन नि,सबै ब्यक्तिको क्षमता,कार्यकुशलता,बिशेषता,भाषा शैली,लवज फरक-फरक हुन्छन् अनुमानको आधारमा मदिरा सेवन गरेको आरोप लगाउन मिल्छ ?
एकाएक धम्किपुर्ण भाषा बोल्न पत्रकार होस या डाक्टर,सर्बसाधारण होस या राष्ट्रपति कसैलाई पनि छुट छैन पत्रकारिताका पनि आफ्नै इथिक्स छन,नियम छ,कानुन छ,आचार संहिता छ,पत्रकार महासघ छ,प्रेस काउन्सिल,सुचना बिभाग लगायतका सन्चार सम्बध विभिन्न निकाय पनि वाच्डको रुपमा रहेका हुन्छ्न पछिल्लो समय देशभर संचालित युटबरले धेरै राम्रा काम गरेका कयौं उदाहरणहरु पनि नभएका होइनन् तर यस्ता युटबरले डलरको लोभ र चर्चा बटुल्न श्रीमान श्रीमतिको स्थापित सम्बन्धलाई छेद-बिच्छेद गर्ने,अनमेल सृजना गर्ने,चरित्र हत्या गर्ने ब्यक्तिको जीवन माथी खेलबाड गर्ने जस्ता गम्भीर घटना घटाउनमा लागि पर्ने युटबर लाई नियन्त्रण गर्ने कसले ?युटुब सन्चालन सम्बन्धि नीति,निययम कानुनी परिधी,मापदण्ड,कार्यबिधी निर्माण र कार्यान्वयन सम्बन्धमा नेपाल सरकार यथासक्य गम्भीर हुन आबश्यक छ।
प्युठान जिल्लामा पनि युटुबर नभएका भने होइनन् उनिहरुको चर्चा नभएको पनि होइन तर केही समय यता विभिन्न कार्यालयका कर्मचारी मार्फत बजारमा सन्चार हब(प्युठान छड्के)नामक युटुबले हामी कर्मचारीको चरित्र हत्या गर्यो भन्ने अत्याधिक गुनासो आएको पाइन्छ। महासंघमा कुरा राख्नुपर्यो भन्ने जस्ता आग्रह स्वयं मलाई पनि उहाँहरुले गर्नुभएको छ।यो बिषय प्रती जिल्ला पत्रकार महासघ प्युठान तथा सरोकारवाला निकायको धारणा के हो?समयमै उक्त बिषयमा चासो दिन नसकिएको खण्डमा जिल्लाका हरेक क्षेत्रमा यस्ता कयौं जटिल समस्या निम्तिन सक्ने सम्भावना हुनसक्छ जसले गर्दा समाज थप बिकृत बन्दै जान सक्छ। समयमै सम्बन्धित सरोकारवाला निकायको ध्यान जावस,धन्यवाद!
प्रतिक्रिया राख्नुहोस्