दलित समुदायका मुद्दाहरुको सवालमा सधैँ सकारात्मक र दृढ भई लाग्ने छु: अध्यक्ष बि.क

दलित समुदायका मुद्दाहरुको सवालमा सधैँ सकारात्मक र दृढ भई लाग्ने छु: अध्यक्ष बि.क

राम बहादुर बिश्वकर्मा
प्यूठान,नेपाल दलित मुक्ति अभियान प्यूठानको नयाँ नेतृत्व चयन भएको छ। 
शनिबार सम्पन्न जिल्ला भेलाले प्रविन वि.क.को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्ष दिपा नेपाली,विजय नेपाली, सचिव धुर्व गन्दर्भ,सह-सचिव मोहन परियार, कोषाध्यक्ष पार्वता नेपाली लगायत ३१ सदस्यीय समिति चयन भएको छ ।
त्यसैगरी पार्वता नेपालीको अध्यक्षतामा महिला विभाग गठन गरिएको छ । जसको उपाध्यक्ष रेखा नेपाली,सचिव दिपा नेपाली,सह-सचिव सस्मिता नेपाली लगायत १६ सदस्यीय समिति गठन गरिएको छ ।


अब दलितहरु राजनीतिक दल तथा तिनका नेताको ‘एस म्यान’ हुनु हुँदैन: अध्यक्ष प्रबिन बि.क


नव गठित नेपाल दलित मुक्ति अभियानका अध्यक्ष प्रबिन बि क ले दलित वर्गको मुद्दा उठाउने सवालमा आफू अत्यन्तै जिम्मेवार भएर लाग्ने बताएका छन् । "मेरो कार्यकालमा वर्षाैदेखि अपहेलना खेपेर बसेको दलित समुदायका मुद्दाहरुलाई उठाउने सवालमा आफू सधैँ सकारात्मक रहि सामाजिक विभेद,अन्याय र अत्याचारको विरोधमा आफू जहिल्यै पनि विद्रोह गर्न तयार रहेको बताउँदै उनले दलित समुदायको सामाजिक,आर्थिक,राजनीतिक,सांस्कृतिक एवं शैक्षिक विकासमा आफू सक्दो प्रयासरत रहने छु ।"उनले भने
राजनीतिक दल तथा तिनका नेताको ‘एस म्यान’ हुनु हुँदैन अब दलित समुदाय सचेत हुन अबश्यक छ,राजनीतिक दलले आम राजनीतिक कर्याकर्तालाई जस्तो उनीहरूलाई पार्टीको झन्डा बोकेर पार्टीगत सिद्धान्त मात्र फलाक्ने छुट छैन। तिनलाई दलितका तर्फबाट राजनीतिमा ठाउँ दिनुको अर्थ त दबाइएका दलित समुदायको अधिकार र सम्मान प्राप्तिको आवाज बुलन्द पार्न हो । दलितका मुद्दालाई केन्द्रीय राजनीतिमा पुर्‍याउन जहिले आनाकानी गर्नु उहाँको धारणा छ।


निर्वाचन प्रणाली दलित हितमा छैन : प्रमुख अतिथी


नेपाल दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी सुनिल लोहनीले देशको निर्वाचन प्रणाली दलितको हितमा नभएको बताउनुभयो । उहाँले राजनीति तथा सरकारमा दलितको नेतृत्व भएमा दलितका समस्या सम्वोधन हुनसक्ने बताउनुभयो ।
उहाँले नेपाल दलित मुक्ति अभियानलाई सफल बनाउन सवैलाई आग्रह गर्नुभयो । 

भेलामा केन्द्रीय सह-सचिव लिला वि.क., महिला विभाग प्रमुख लक्ष्मी वि.क., महिला विभाग सह-सचिव लक्ष्मी घमाल, विशेष विभाग प्रमुख हरि गोतामे,लुम्विनी प्रदेश उपाध्यक्ष निमनारायण हरिजन,लुम्विनी प्रदेश सचिव शमशेर नेपाली, दाङ जिल्ला उपाध्यक्ष विमला गन्दर्भ लगायत दलितका मुद्दामा काम गर्ने दर्जनौं संस्थाहरुको सहभागितामा रहेको थियो ।