सीता बि.क
प्युठान, ८ दिने उद्यमशिलता बिकास तालिम बिजुवारमा सुरु भएको छ।
सहभागीलाई व्यवसाय के हो ?किन महत्व छ ?,लघु उद्यम भनेको के हो?,सफल उद्यमी हुनको लागि आवश्वयक गूण,भएका स्रोत साधनको समुचित सदुपयोग कसरी गर्ने र ब्याबसयिकयोजना,बजारीकरणको,विक्रयकला कस्तो हुनुपर्ने,आम्दानी आयआर्जन र स्वरोजगार बारे सहजीकरण गरिने उदेश्य सहित गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (मेड्पा)अन्तर्गत प्युठान नगरपालिको आयोजनामा तालीम सन्चालन गरिएको हो।
प्युठान नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीको अध्यक्षतामा सुरु भएको तालिममा प्रमुख अतिथी प्युठान नगरपालिका का नगरप्रमुख अर्जुनकुमार कक्षपति रहनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी कक्षपतिले उद्यमशिलता तालिम पश्चात् आफुले रोजेको सीप बिकास तालिम सहभागी हुन सक्ने भएकाले धेरै सक्रियताका साथ सहभागी हुन पर्शिक्षार्थिलाई आग्रह गर्नुभयो ।
पालिका भित्र रहेका युवाहरु लाई विभिन्न ब्यावसायहरु सन्चालन गरेर सफल उद्यमी बनाउनका लागि आफूले निरन्तर रुपमा सहयोग गर्दै आएको बताउनुभएको छ ।
उहाँले व्यापार ब्यावसाय सबै ब्याक्तीहरुले गर्न नसक्ने भएकाले ब्यबसायको बजार माग र स्थानीय स्रोत साधनलाई मध्यनजर गर्दै ब्यबसाय रोज्ने कुरामा जोड दिनुभयो । यसैबीच उहाँले तालिममा सहभागीहरु लाई ब्यावसाय सन्चालन गर्दा आईपर्ने समस्या हरु लाई समाधान गर्न पालिका सधै साथमा रहने कुरा उल्लेख गर्नुभयो ।
फरक प्रसङ्गमा बोल्दै नगर प्रमुख कक्षपतिले नगरपालिकाले सन्चालन गर्ने हरेक बिकास निर्माणका कामहरु लाई सफल बनाउन हरेक नागरिकले महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने कुरामा जोड दिदै समृद्ध पालिका बनाउन सबै जनप्रतिनिधि र स्थानीय जनताहरुको साथको आवश्यकता रहेको बताउनुभयो ।
त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारीले सीप बिकास तालिम पुर्ब उद्यमशिलता बिकास तालिम निकै उपलब्धिपुर्ण हुने भएकोले सिप सिकेर एक असल ब्यावसायी र सफल उद्यमी बन्नका लागि आग्रह गर्नुभयो ।
उद्घघाटन कार्यक्रममा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रमका सम्पर्क ब्यक्ति लेख बहादुर बिष्ट, कार्यपालिका सदस्य खुम बहादुर परियार लगायतको सहभागिता रहेको थियो।
नगरपालिकाका उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले कार्यक्रमको बारेमा बिस्तृत जानकारी सहित कार्यक्रमको सन्चालन गर्नुभएको थियो मन्तब्य राख्नुभएको थियो भने तालिम फागुन २ गते सम्म चल्ने आयोजकले जनाएको छ ।
लघु उद्यमि महासघ कि केन्द्रिय महासंघका महासचिव धनी दमाईले आर्थिक तथा सामाजिक रुपमा पछाडी परेका विपन्न,दलित जनजाती महिला आर्थिक सामाजिक उत्थान संभावित तथा भईरहेका उद्यमीहरुलाई उद्यमशिलता विकास व्यवसाय व्यवस्थापन बजारीकरण,सीप बिकास जस्ता बिषयमा कार्य गर्दै आएकाले गरिबी निवारणका लागि लघु उद्यम बिकास (मेड्पा)कार्यक्रम स्थानीय तहमा प्रभावकारी बन्दै गएको बताउनुयो।
साथै उहाँले ग्रामीण क्षेत्रमा रहेर स्थानीय स्तरमा पाइने कच्चा पदार्थको प्रयोग गरी उद्यम सन्चालन गर्दै स्वरोजगार सिर्जना हुने भएकाले स्थानीय सरकारले उद्यमलाई विकास गर्न त्यहाँ भित्र भएका समस्या समाधान गर्न उद्यमीको सामानको उचित बजारको व्यवस्था,लघु उद्यमीको उत्पादित बस्तुको ब्रान्ड र उद्यमशिलताको विकासलाई मध्यनजर गर्दै अगाडी बढनु पर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्