प्युठानमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु,५ घाइते

सीता बि.क 
प्युठान,प्युठानको गौमुखी गाउँपालिका ६ ओखरपाटामा  जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। 
विवाहको बेहुली लिएर फर्कदै गरेको ग.१.ज.५०९२ नम्बरको महेन्द्रा जिप ओखरपाटा भन्ने स्थानमा एक्कासी रोड देखि अन्दाजी १५० मिटर तल खस्न पुगि ५ जना घाईते भएको भएका छन। 
मृत्यु हुनेमा गौमुखी गा.पा.६ लिवाङ बस्ने बर्ष ३९ को बसन्त खड्का (उपचारको क्रममा)सोही स्थान बस्ने निजको छोरी बर्ष ११ को एलिसा खड्का। (उपचारको क्रममा)गौमुखी गा.पा.वडा नं. ६ लिवाङ बस्ने बर्ष ३९ बर्षिय की बसन्ती खड्का(घटनास्थलमा मृत्यु)२९ बर्षिय केसरी खड्का (घटनास्थलमा मृत्यु) ५० बर्षिय बल बहादुर बुढामगर (चालक) (घटनास्थलमा ३२ बर्षिय  खिम बहादुर खत्री (घटनास्थलमा मृत्यु)५२ बर्षिय नन्दी खड्का (घटनास्थलमा मृत्यु),१८ वर्षिया बिपना जि. सी. (घटनास्थलमा मृत्यु) भएको जिल्ला प्रहरी कार्यालय प्युठान ले जनाएको छ।त्यस्तै घाइते हुनेहरु नौबहिनी गा.पा. वडा नं. ६ किमिचौर बस्ने बर्ष २० की रिमा जि.सी.,(बेहुली),बर्ष २५ की साबित्रा जि.सी.१७ को नरेश खड्का,बर्ष २५ को दान बहादुर खड्का र बर्ष २१ की हरि बुढामगर लाई उपचारका लागि जिल्ला अस्पताल प्युठानमा लगिएको बताइएको छ।
दुर्घटनामा परेका दुलही सहित ३ जनालाई थप उपचारका लागि जिल्ला बाहिर पठाइएको छ।