प्युठान,प्युठानमा खोलाले बगाएर बुधवार बिहान एक जनाको मृत्यु भएको छ। दुईजना बेपत्ता भएका छन।
जिल्लाको माण्ड्वि गाउँपालिका-४ आपचौर बस्ने २८ वर्षीय देवीसरा कार्कीको मृत्यु भएको हो भने उहांका दुई बर्षिया छोरा दिनेश कार्की र स्थानिय मधु अधिकारीको ८ बर्षीया छोरी अनुस्का अधिकारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता,प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभयो ।
गैरेका अनुसार उनिहरुलाई अस्पताल जाने क्रममा आज बिहान साढे आठ बजे तिर घर नजिकैको अरङखोलाले बगाएको थियो।देवीसराको शव माण्डवी -२ ढिकावनमा फेला परेको प्रहरीले जनाएको छ।
खोलामा बेपत्ता भएका दुई जनाको शब अझै फेला परेको छैन। सुरक्षाकर्मी र स्थानिय मिलेर बेपत्ताहरुको खोजीकार्य गरिरहेको प्रहरी निरीक्षक गैरेले बताउनुभयो। सोमबार देखि जिल्लामा निरन्तर पानी परेकाले खोला र नदिहरुमा पानीको बहाब बढेको छ।
सम्बन्धित खवर
अर्घाखाँचीमा भारतबाट आएका ३ सय १ जना क्वारेन्टाइनमा
खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा
बड्डाडामा मौरीजन्य सामग्री उत्पादन सम्बन्धि प्रशिक्षण
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्