नयाँ योजना सहित  ट्राफिक व्यवस्थापन गदैछौ जाजरकोटमा कार्यालय प्रमुख - बिश्वकर्मा 

नयाँ योजना सहित  ट्राफिक व्यवस्थापन गदैछौ जाजरकोटमा कार्यालय प्रमुख - बिश्वकर्मा 

जाजरकोट,जाजरकोट जिल्लामा  नयाँ योजना सहित ट्राफिक व्यवस्थापन अगाडी बढाउने जिल्ला ट्राफिक कार्यालय जाजरकोटमा भखरै प्रमुख जिम्मेवारी समाल्नु भएका  प्रहरी सहायक  निरीक्षक लक्ष्मण विश्वकर्मा ले बताए । जाजरकोटमा भखरै मात्रै ट्राफिक प्रमुख जिम्मेवारी पाउनु भएका विश्वकर्माले जाजरकोटमा केहि सवारीसाधन दुर्घटना तथा ट्राफिक सम्बन्धि जनचेतनामूलक कार्यक्रमलाई विशेष प्राथमिकता दिने ट्राफिक प्रमुख  विश्वकर्माको भनाई छ  । फिल्ड भिजिट गरेर अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्ने योजना प्राथमिकताका साथ राखेको उनले बताए । जाजरकोटमा  मापदण्ड विपरित चलाएका सवारीलाई कडाईका साथ लागु गर्ने उनले जानकारी दिए । निर्धारित भाडादर कायम गराउने र पेसेन्जर ओभर लोड गर्नेलाई कानुन बमोजिम कारवाही गर्ने उनले बताए । लामो दुरीको सवारी साधनमा २ जना चालक अनिवार्य गर्ने उनले जानकारी दिए । स्थानिय निकाय, उधोग बाणिज्य संघ, निर्माण व्यवसायी, यातायात व्यवसायी, हार्डवेयर व्यवसायी लगाएतसंग आवश्यक छलफल गरी काम गर्ने उनले बताएका छन । सवारी दुर्घटना सम्वन्धि कार्यक्रमहरु संञ्चालन गर्ने, विभिन्न जनचेतनाका कार्यक्रमहरु संचालन गर्ने उनले जनकारी दिए । जाजरकोटमा हुने जुनसुकै दुर्घटना तथा त्यस्ता मापदण्ड बिपरित सचालित सवारीलाई विशेष कडाई साथ ट्राफिक प्रहरी लाग्ने उनको भनाई छ।
जाजरकोटमा प्रमुखको जिम्मेवारी समालेको दुई दिन पछि गरिएको  सवारी छड्के अनुगमन गर्दा लाइसेन्स बिलबुक तथा सवारी मापदण्ड नभइ  नियम बिपरित चलेका सवारी बाट  67हजार राजस्व संकलन समेत गरि । सम्पूर्ण सवारी चालकहरुलाई  नियम बिपरित सवारीसाधन नचलाउन समेत ट्राफिक प्रमुख विश्वकर्माले आग्रह गरेका छ्न।