काठमान्डौ - नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम यतिबेला तटस्थ भूमिकामा छन् । केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै समूह गठन गरेर आरोप प्रत्यारोपमा उत्रँदा गौतम मौन छन् । उनी भैंसेपाटीमा बसेर नयाँ रणनीतिको तयारीमा लागेका छन् ।
गौतम निकट स्रोतका अनुसार अहिले १५०१ जनाको एकता अभियान गठनको तयारीमा वामदेव सक्रिय भएका छन् । उनले यसका लागि देशभरका तटस्थहरुको नाम संकलन गर्न निर्देशन दिएका छन् ।
गौतमको निर्देशन अनुसार देशभर तटस्थहरुको पहिचान गरी नाम संकलन गर्दै एकता अभियानमा नाम राख्न शुरु भएको छ । गौतमले अर्को हप्ता १५०१ को एकता अभियानको घोषणा गर्दैछन् । उनी निकटस्थका अनुसार अभियानमा तटस्थ रहेकाहरुको उल्लेख्य संख्या हुनेछ ।
यतिबेला गौतमलाई प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्रीसहित आकर्षक मन्त्रालय र सहअध्यक्षको प्रस्ताव गरेका छन् । तर, उनले त्यसलाई स्वीकार गरेका छैनन् ।
पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो समूहमा महत्वपूर्ण स्थान दिने प्रस्ताव गरेका थिए । तर, गौतम सहमत भएनन् । उनी कुनैपनि समूहमा नलाग्ने र अन्तिम समयसम्म एकताको अभियानमा लाग्ने अडान लिए ।
यसैगरी, वामदेवले तयारी गरेको एकता अभियान छुट्टै अघोषित पार्टीको रुपमा अगाडि बढ्ने बुझिएको छ । नेकपाको दुवै समूहमा आफ्नो प्रभाव कमजोर हुनसक्ने देखेर गौतमले आफ्नै अलग्गै समूह बनाउन लागेका हुन् ।
एकता अभियान नाम दिइएको यही शक्तिले भविष्यमा नेकपालाई पुनः एकीकरण गरी आफूलाई नेतृत्वमा स्थापित गर्ने आशा गौतमको रहेको बुझिएको छ ।
यस्तो छ अरु दलको निर्वाचन तयारी
प्रतिनिधिसभा विघटनविरुद्ध चर्को आन्दोलन गर्ने चेतावनी दिँदै आएका राजनीतिक दलहरू क्रमशः शिथिल हुँदै जान थालेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटनलगत्तै तत्काल चर्को प्रतिक्रिया जनाएका राजनीतिक दलहरू वैशाखमा हुने निर्वाचनतर्फ मोडिन थालेपछि आन्दोलन शिथिल हुन थालेको हो।
दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय गर्ने र सो कार्यक्रमबारे जानकारी दिन ३ बजे पत्रकार सम्मेलन गर्ने जनाए पनि अन्तिममा कुनै निर्णयमा पुग्न नसकी स्थायी कमिटी बैठक सकिएको थियो ।
गत पुस १४ गते काठमाडौंमा ५० हजार मान्छे जम्मा उतार्ने घोषणा गरेको नेकपाले प्रदर्शनीमार्गमा १० हजार मान्छे पनि ल्याउन नसकेपछि प्रचण्ड(नेपाल समूह दोस्रो चरणको आन्दोलनको घोषणा गर्ने कार्यक्रमबाट पछि हटेको नेताहरू बताउँछन्।
दक्षिणी छिमेकी भारतका साथै उत्तरी चीनले पनि समर्थन नदिएपछि निराश अवस्थामा प्रचण्ड(नेपाल समूह पुगेको नेताहरू नै बताउँछन्। जसका कारण, आन्दोलनमा जाने-नजाने र गएमा उपलब्धि के हुनेरु भन्ने निर्क्योल उक्त समूहले गर्न सकेको छैन।
पुस १३ गते क्षेत्रीय स्तरमा प्रतिनिधिसभा विघटनको विरोध तथा सरकारद्वारा घोषित निर्वाचनविरुद्ध कार्यक्रम गरेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले त्यसपछि कुनै पनि आन्दोलनको कार्यक्रम घोषणा गरेको छैन।
वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगनकुमार थापाबाहेक सबैजसो कांग्रेस नेता प्रतिनिधिसभा विघटनको विरोध गरे पनि निर्वाचनमा जानुपर्ने धारणा राख्न थालेका छन्।
शनिबार सम्पन्न केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विरोध गरे पनि ‘प्रतिनिधिसभा पुनर्स्थापनाको माग कसैले पनि नगर्नु’ भन्दै निर्देशन दिइसकेका छन् ।
कांग्रेसका अधिकांश नेता निर्वाचनको तयारीका लागि काठमाडौं छाडेर आ(आफनो निर्वाचन क्षेत्रतर्फ लागिसकेका छन्। ‘‘कांग्रेस ताजा जनादेशका लागि तयार भएर बसेको छ, त्यसको तयारी सुरू भइसकेको छ,’’ केन्द्रीय सदस्य चन्द्र भण्डारीले अडान राख्दै आएका छन्।
संसद्को तेस्रो ठूलो दल जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादवबाहेक सबैजसो नेता ताजा नादेशका लागि तयार भएर बसेका छन्।
पुस १० मा सम्पन्न केन्द्रीय कार्यकारी समितिको बैठकमा प्रतिनिधिसभा विघटनको विरोध गर्दै निर्वाचनका लागि तयार हुनुपर्ने मत बढी प्रकट भएपछि जसपाभित्र आन्तरिक विभाजन देखापरेको थियो।
काठमाडौंमा पुस १२ गते प्रदर्शन गरेको जसपा नेपालले त्यसपछि केन्द्रीय स्तरका कुनै पनि कार्यक्रम घोषणा गरेको छैन। उक्त पार्टीले कार्यक्रमलाई जिल्ला र निर्वाचन क्षेत्र स्तरमा विस्तार गरेर निर्वाचनमा आफूलाई होमिसकेको छ। उता, राष्ट्रिय प्रजातन्त्र पार्टीले ताजा जनादेशका लागि आफ्नो पार्टी तयार रहेको जनाउँदै निर्वाचनको तयारीमा जुटिसकेको छ।
नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभा विघटन प्रधानमन्त्री ओलीको बाध्यता भएको भन्दै अस्थिरताबाट देश जोगाउन चालिएको कदमको रुपमा टिप्पणी गरेको छ। पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा विघटनविरुद्धमा कुनै पनि आन्दोलनको कार्यक्रमको घोषणा गरेका छैनन्।
हिन्दु राज्य र राजसंस्था पुनर्स्थापनाको अजेन्डासहित निर्वाचनका लागि आफ्नो पार्टी तयार रहेको जनाउँदै राप्रपाले निर्वाचन केन्द्रित कार्यक्रम सुरू गरिसकेको छ। अध्यक्ष कमल थापालगायतले आ-आफ्नो निर्वाचन क्षेत्रमा पुगेर ताजा जनादेश लिनका लागि तयारी गर्न कार्यकर्तालाई निर्देशन दिइसकेका छन्।
यस्तो भन्छन पूर्वराष्ट्रपति यादव
पूर्वराष्ट्रपति डा रामवरण यादवले सबै मिलेमा अहिलेको समस्याको समाधान सम्भव हुने बताएका छन् । २०७२ मा स्थापित तेज(तीर्थ ट्रष्टले बिहीबार आयोजना गरेको सम्मान कार्यक्रममा पू्र्वराष्ट्रपति यादवले सबैले आआफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए ।
सबैले आआफ्नो जिम्मेवारी बोध गरेमा नै देशको भलो हुने उनको भनाइ छ। अहिलेको संरचना कायम राख्न जनताको काँधमा जिम्मेवारी आएको छ भन्दै उनले आआफ्नो भूमिका निर्वाह गर्न सबैमा आह्वान गरेका हुन्।
‘सबैको विश्वास अदालतमाथि टिकेको छ, न्याय होला भनेर म पनि आशावादी छुँ’, डा यादवले भने । बिपीको मेलमिलाप नीतिको अहिले पनि महत्व भएको बताउँदै डा यादवले राष्ट्रिय परिस्थिति बिग्रिरहेका अवस्थामा मेलमिलापको नीति अत्यावश्यक भएको बताए ।
अहिलेका अवस्थामा प्रतिपक्षको अवस्था कमजोर देखिएको भनी चिन्ता व्यक्त गर्दै उनले लोकतन्त्रमा पार्टी खम्बाका रुपमा रहने उल्लेख गरे । ‘अहिलेका अवस्थामा जनता जिम्मेवार हुनुपर्छ, पार्टी झन् जिम्मेवार बन्नुपर्ने हुन्छ’, डा यादवले भने, ‘अहिलेको अवस्थामा सबै सचेत बन्नुपर्छ ।’
स्वस्थ विदेश नीतिको आवश्यकतामा जोड दिँदै उनले राष्ट्रको जगेर्ना गर्न पनि त्यस्तो नीति आवश्यक भएको बताए । पूर्वराष्ट्रपति डा यादवले ‘मानवाधिकार तथा लोकतन्त्र पुरस्कार’ प्रजातन्त्र सेनानी शिव कङ्गाल, ‘जुजुभाइ नानीमैजु पुरस्कार’ इतिहासकार योगेन्द्रमान श्रेष्ठ र कवयित्री
नारायणदेवी श्रेष्ठलाई प्रदान गर्दै पत्रकारितामा योगदान दिएवापत राष्ट्रिय समाचार समिति ९रासस०का पूर्वमहाप्रबन्धक निर्मला आचार्य र ‘हाम्राकुरा डटकम’का प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सम्मान गरे ।
हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा प्रदान गरिँदै आएको उक्त पुरस्कार र सम्मान यस वर्ष कोरोना भाइरसको महामारीका कारण प्रदान गर्न ढिला भएको ट्रष्टले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्