प्यूठान,आज प्यूठानमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय प्यूठानका फोकल पर्सन पुस्कल श्रेष्ठका अनुसार आईतबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा प्यूठानका थप २२ जनामा संक्रमण पुष्टि भएको हो। उहाका अनुसार ऐरावती गाउँपालिकामा १५, मल्लरानीमा ४ र प्युठान नगरपालिकामा ३ जनामा संक्रमण पुष्टि भएको हो । परिक्षणमा ७ देखि ६० वर्ष उमेरका २ पुरुष र २० जना महिलामा कोरोना संक्रमण देखिएको हो। योसंगै जिल्लामा कोरोना संक्रमितको संख्या ६२४ पुगेको छ। त्यसमध्ये सक्रीय संक्रमित जम्मा ७७ जना छन।
दुई जनाको यश अघि नै मृत्यु भईसकेको छ। जिल्लाभरका क्वारेन्टिनमा १ सय ४९ जना रहेको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ।
Tags :
सम्बन्धित खवर
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्