लियो क्लब अफ लर्ड बुद्धको पद हस्तान्तरण कार्यक्रम सम्पन्न 

लियो क्लब अफ लर्ड बुद्धको पद हस्तान्तरण कार्यक्रम सम्पन्न 

देवदह,रुपन्देहीको देवदहमा लियो क्लब अफ लर्ड बुद्धको चौथो तथा वर्ष २० को पद हस्तान्तरण समारोह सम्पन्न भएको छ ।
 
बर्ष २०२०/२१ को लागि बैशाख १३ गते  निर्वाचनबाट  पदाधिकारीहरु सर्वसम्मतले निर्वाचित भएका थिए ।
सो कार्यक्रममा बर्ष २०१९/२० का अध्यक्ष लियो कमल ज्ञवालीले बर्ष २०२०/२१ को अध्यक्ष लियो सन्दिप तिवारीलाई पद हस्तान्तरण गर्नु भएको हो । कार्यक्रम दुई चरणमा भएको थियो । कार्यक्रममा  बर्ष १९/२० मा राम्रो काम गर्ने सदस्यलाई सम्मान पनि गरिएको थियो । बर्ष १९/२० को कार्यकालमा राम्रो काम गरेको भन्दै लियो अफ दि एयरको उपाधी किसन पौडेलले , मोस्ट डिसिपिलीन अवार्ड लियो रिचा घिमिरेले पाएकी थिईन भने मोस्ट एक्सिलेन्ट सर्भिस बाट सुरज भट्टराई सम्मानित भएका थिए । 

कार्यक्रममा प्रमुख अतिथि देवदह नगरपालिका उप-प्रमुख बिद्या लक्ष्मी गुरुङले नयाँ समितिलाई शुभकामना दिँदै लियो ले आफ्नो प्रत्येक कार्यक्रम समाजसेवा प्रति समर्पित  निकै प्रशंसनीय कार्य गर्ने हुनाले क्लबलाई धन्यवाद पनि दिनु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि गुरुङले लियो क्लब अफ लर्ड बुद्धलाई आफू आफ्नो तर्फ बाट र देवदह नगरपालिकाको तर्फ देखि जुनसुकै बेला पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । कार्यक्रममा लायन राजु पौडेल , लायन मुक्ति श्रेष्ठ , देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दिपक चापागाईं , लियो क्लब को चार्टर प्रेसिडेन्ट लियो दिपेश मल्ल , Unicampus का M.D  एमडि न्यौपाने, गोपाल पाण्डे , बिजेन्द्र मान शाक्य लगाएतले बोल्दै  नवनिर्वाचित पदाधिकारीहरुलाई कार्य सफलताको शुभकामना दिनु भएको थियो ।

वर्ष २०२०/२१ को अध्यक्ष लियो सन्दिप तिवारीले कार्यक्रममा बोल्दै आफनो कार्यकालमा लियोको मर्म अनुरूप कार्यक्रम गर्दै जाने र समाज तथा नगरपालिकामा भएका विकृति तथा बिसंगति जरै बाट हटाउन सक्दो प्रयास गर्ने कुरामा जोड दिनु भएको थियो ।