प्यूठानमा टिपर दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

सलिम अन्सारी, प्यूठान। प्यूठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान गएको छ।

जिल्लाको लुप्लुङबाट  अर्घाखाचिको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागी चुनढुङ्गा बोकेर जाँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर शनिबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा सो टिपरका चालक र सहचालक दुबैजनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुमार कार्किले जानकारी दिए। उनका अनुसार टिपर प्यूठान भालुबाङ सडकखण्ड अन्तर्गत सरुमारानी – ६ मोतिपुरस्थित भीरबाट झण्डै ५ सय मिटर तल माडी नदिमा खसेको हो।

मुत्यु हुनेमा टिपर चालक नौबहिनी ६ पिपलटारीका ३० बर्षीया रोशन थापा र सहचालक अन्दाजी बर्ष २७ का झग बहादुर पुन रहेको घटनास्थल पुगेका प्रहरी सहायक निरिक्षक थङ लामाले पैरवी अनलाइनलाई बताए।

घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।