प्युठानमा चट्याङ लागेर दुई घाइते

प्यूठान।  प्यूठानमा चट्याङ लागेर दुई जना घाईते भएका छन ।

झरी सँगै परेको चट्याङ लागेर गौमुखी गाउँपालिका वडा नंवर ३ ढाड्खोली बस्ने ४३ बर्षीया कुल बहादुर सुनार र ३७ बर्षीया लक्षमण सुनार घाईते भएका हुन।शुक्रबार बिहान २ बजेको समयमा उनिहरु घरमै सुतिरहेको बेला चट्याङ परेको थियो। घाईते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोे जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

त्यस्तै,चट्याङले राम्दिखोर बस्ने जनेपरियारको गोठमा रहेको एउटाभैसी समेत मरेको खबर छ।